
कोलकाता , 09 जून (हि.स.)। राज्यकी मन्त्री अग्निमित्रा पाल आफ्नो तीन दिवसीय उत्तर बङ्गाल भ्रमण अन्तर्गत मङ्गलवार जलपाईगुड़ी पुगिन्। त्यहाँ उनले पत्रकारहरूसित बातचित गर्दै विभिन्न विकास परियोजनाहरू, अन्नपूर्णा योजना, अवैध कब्जा औ कानून-व्यवस्थासित सम्बन्धित मुद्दाहरूमाथि आफ्नो प्रतिक्रिया व्यक्त गरिन्। उनले बताइन्, भ्रमणको पहिलो दिन उत्तरकन्यामा कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो दिन दार्जिलिङ र कालेबुङमा विभिन्न बैठकहरूमा भाग लिइयो। मङ्गलवार बिहान जलपाईगुड़ी पुगेपछि उनले सीवेज ट्रीटमेन्ट प्लानट, पछिल्लो वर्ष जलजमाउबाट प्रभावित क्षेत्रहरू तथा डम्पिङ्ग ग्राउण्डको स्थितिको निरीक्षण गर्ने बताइन्।
अन्नपूर्णा योजनाको सन्दर्भमा मन्त्रीले भनिन्, यसको लागि आवेदन पत्र नगरनिगम कार्यालय, बोरो कार्यालय, पञ्चायत कार्यालय तथा ब्लक कार्यालयबाट प्राप्त गर्न सकिन्छ। उनले स्पष्ट पारिन्, प्रत्येक महिलाले भिन्न-भिन्न फारम लिने आवश्यकता छैन। एउटा परिवारको लागि एउटै आवेदन पर्याप्त हुनेछ। एउटै पारममा परिवारका धेरैजना महिलाहरूको ब्याङ्क खाताको विवररण दर्ता गर्ने व्यवस्था छ जसमा आमा, छोरी, बुहारी सहित सबै सदस्यहरूको नाम उल्लेख गर्न सकिन्छ। आवेदन जमा भएपछि निर्धारित प्रक्रिया पूरा गरी लाभार्थीहरूको खातामा राशि पठाइनेछ।
महिलाहरूको लागि प्रस्तावित नि:शुल्क बस यात्रा सुविधाको सम्बन्धमा उनले बताइन्, सरकारको उद्देश्य आवश्यकतामा रहेका महिलाहरूलाई राहत पुऱ्याउनु हो। उनले सङ्केत दिए, भविष्यमा यस्ता मानिसहरूलाई चिन्हित गर्नेमाथि विचार गर्न सकिन्छ जसलाई यो सुविधाको वास्तवमै आवश्यकता छैन ताकि योजनाको लाभ सही पात्रहरूसम्म पुग्न सकोस्।
अवैध कब्जा तथा भ्रष्टाचारको मुद्दामा मन्त्रीले भनिन्, जमीन मात्र होइन तलाउ वा अन्य सरकारी सम्पत्तिहरूमा अवैध निर्माणको मामिलाको पनि जाँच हुनेछ। उनले बताइन्, शहरी स्थानीय निकायलाई निर्देश दिइएको छ कि संदिग्ध मामिलामा नोटिस जारी गरी सम्बन्धित मानिसहरूसित जमीनको वैध दस्तावेज मागियोस्। यदि दस्तावेज सही पाइयो भने कुनै कारबाही हुनेछैन, तर अवैध कब्जा साबित भयो भने कानून अनुरूप कदम उठाइनेछ। सबै पक्षलाई आफ्नो पक्ष राख्ने अवसर दिइनेछ।
तृणमूल कङ्ग्रेसलाई लक्षित गर्दै मन्त्रीले आरोप लगाइन्, राज्यमा विभिन्न प्रकारको भ्रष्टाचार भएको मामिला सार्वजनिक भएका छन्। उनले विधानसभामा विपक्षी दलका नेताको चयनलाई लिएर सृजित विवादको उल्लेख गर्दै भनिन्, यस मामिलामा जाँच एजेन्सीहरूले यो स्पष्ट पार्नुपर्छ कि सम्बन्धित हस्ताक्षर वास्तविक हो कि होइन। उनले भनिन्, यदि कुनै अनियमितता भएको छ भने त्यसको सत्यता सामु आउनुपर्छ।
उत्तर बङ्गालका चिय बगान क्षेत्रहरूमा भइरहेको मानव तस्करी र महिलाहरूको सुरक्षासित सम्बन्धित प्रश्नमा मन्त्रीले भनिन्, उत्तरकन्यामा भएको बैठकमा यस विषयमा विशेष चर्चा गरिएको थियो।उनले भनिन्, रोकथाम उपचारभन्दा श्रेष्ठ हुन्छ, त्यसैले संवेदनशील क्षेत्रहरूलाई पहिलाबाटै चिन्हित गरी जागरूकता अभियान सञ्चालन गरिनेछ।परिवार विशेष रूपमा महिलाहरूलाई जागरूक गर्न आवश्यक छ ताकि रोजगारको नाममा कुनै पनि प्रकारको प्रलोभन वा गलत सङ्गतको शिकार नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा