हस्ताक्षर जालझेल मामिलामा अभिषेक ब्यानर्जीमाथि अग्निमित्रा पालको चर्को प्रहार
हस्ताक्षर जालझेल मामिलामा अभिषेक ब्यानर्जीमाथि अग्निमित्रा पालको चर्को प्रहार


सिलगढ़ी, 09 जून (हि.स.)। हस्ताक्षर जालझेल मामिलामा पश्चिम बङ्गालकी नगर एवं शहरी विकास मन्त्री अग्निमित्रा पालले तृणमूल कङ्ग्रेसका नेता अभिषेक ब्यानर्जीमाथि मङ्गलवार धारिलो प्रहार गरिन्।

मन्त्री अग्निमित्रा पालले कड़ा प्रतिक्रिया व्यक्त गर्दै भनिन्, यदि कसैले कानूनदेखि बच्नको लागि भागिरहने सोचेको छ भने यो सम्भव छैन। यदि तपाईले आफूलाई अत्यन्त साहसी ठान्नु हुन्छ भने किन भागिरहनु भएको छ? हालैमा ‘पुष्पा’-ले जस्तै भाग्ने चेष्टा गर्नेलाई नेपाल बोर्डरबाट समातिएको छ। यसरी नै तथाकथित ‘युवराज’ अभिषेक ब्यानर्जी पनि भागेर बच्न सक्ने छैनन्। कनूनले आफ्नो काम गर्नेछ र साँचो कुरा अगाड़ि ल्याउनेछ।

उक्त बयान पश्चात राज्यको राजनीतिमा फेरि चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande