नदीमा डुबेका व्यक्तिको शव तीन दिनपछि भेटियो
नदीमा डुबेका व्यक्तिको शव तीन दिनपछि भेटियो


बाक्सा (असम), 09 जून (हि.स.)। बाक्सा जिल्लाको बरमा क्षेत्रबाट नदीमा डुबेका एक जना व्यक्तिको शव आज भेटियो। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। भनिन्छ, नदीमा नुहाउन गएका व्यक्ति गहिरो पानीमा डुबेका थिए। पछि मृत अवस्थामा तिनलाई उद्धार गरियो। यो दुर्घटना मरा पागलादिया नदीको अवैध बालुवा खननस्थल छेउमा भएको हो। मृत व्यक्तिको पहिचान आलागजार गाउँ निवासी ज्योतिष वैश्यको रूपमा भएको छ।

सूचना अनुसार गत आइतवार साँझ ज्योतिष वैश्य नदीमा नुहाउन गएका थिए, त्यसपछि तिनी घर फर्किएनन्। चिन्तित परिवारले तिनलाई सबैतिर खोजतलास गऱ्यो तर कतै पत्तो लागेन। पछि वैश्यको स्याण्डल र कपड़ा नदीको किनारमा भेटियो।

त्यसपछि उनलाई खोज्नको लागि नदीमा खोजी अभियान शुरू गरियो। बरमा थानाको एक टीमले एसडीआरएफका जवानहरूसित मिलेर त्यस स्थानमा गएर खोज्ने प्रयास गऱ्यो, तर तिनको सुइँको समेत लागेन। मङ्गलवार बिहान उनको शवलाई नदीको किनारबाट उद्धार गरियो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर सम्पूर्ण मामिलाको अग्रिम जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande