हस्ताक्षरकाण्डको सिलसिलामा तृणमूल कङ्ग्रेसको कालीघाट कार्यालयमा पुग्यो सीआईडीको टीम
हस्ताक्षरकाण्डको सिलसिलामा तृणमूल कङ्ग्रेसको कालीघाट कार्यालयमा पुग्यो सीआईडीको टीम


कोलकाता, 09 जून (हि.स.)। कालीघाटस्थित तृणमूल कङ्ग्रेसको कार्यालयमा मङ्गलवार अपरान्ह राज्य अपराध अन्वेषण विभाग (सीआईडी) को एक टीम पुग्यो जसबाट क्षेत्रमा व्यापक खैलाबैला भयो। यो कार्यालय पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेसकी नेता ममता ब्यानर्जीको आवासको छेवैमा अवस्थित छ। टीम कालीघाट थानाको पुलिससित त्यहाँ पुगेको थियो।

सूत्र अनुसार हस्ताक्षरकाण्डसित सम्बन्धित एक मामिलाको जाँच गर्ने सिलसिलामा राज्य अपराध अन्वेषण विभागको टीम कार्यालयमा पुगेको थियो। टीमसित महिला पुलिसकर्मीहरूलाई पनि बसमा ल्याइएको थियो। यद्यपि टीमलाई शुरूमा कार्यालय बाहिर धेरै प्रतीक्षा गर्नु पऱ्यो।

त्यसपछि कार्यालयको गेट खोलियो जहाँ तृणमूल कङ्ग्रेसा पूर्व सांसद एवं पार्टी कोषाध्यक्ष शुभाशिष चक्रवर्ती बाहिर आए। यस अवधि राज्य अपराध अन्वेषण विभागको टीमसित उनको चर्को बहस भयो।

शुभाशिष चक्रवर्तीले दाबी गरे, ममता ब्यानर्जी र पार्टी महासविच अभिषेक ब्यानर्जी वर्तमानमा दिल्लीमा रहेका कारणले उनीहरूको अनुपस्थितिमा पार्टी कार्यालयको हेरचाह उनले गरिरहेका छन्। उनले भने, जबसम्म शीर्ष नेतृत्व कार्यालयमा आउँदैनन् तबसम्म उनले राज्य अपराध अन्वेषण विभागको टीमलाई कार्यालयमा प्रवेश गर्ने अनुमति दिन सक्दैन।

अर्कोतिर राज्य अपराध अन्वेषण विभागको टीमले स्पष्ट पाऱ्यो, जाँचक लागि खानतलासी गर्न आवश्यक छ। कार्यालयमा को उपस्थित छ,यसको जाँचसित कुनै सम्बन्ध छैन। टीमले अभिषेक ब्यानर्जीलाई पठाएको नोटिस पनि शुभाशिष चक्रवर्तीलाई देखाउँदै खानतलासी गर्ने अनुमति दिने आग्रह गऱ्यो। तर शुभाशिष आफ्नो अड़ानमा कायम रहे। उनले भने, कुनै पनि परिस्थितिमा अनुमति बिना उनले कसैलाई प्रवेश गर्न दिन सक्दैनन्। यो समाचार लेखुञ्जेलसम्म दुई पक्षबीच बहस चर्किरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande