सांसद सुब्बाले केन्द्रिय राज्यमन्त्री अजय टाम्टासँग शिष्टाचार भेट गरे
सांसद सुब्बा र केन्द्रिय राज्यमन्त्री अजय टाम्टा


गान्तोक, 09 जून (हि.स.)। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा केन्द्रिय राज्यमन्त्री अजय टाम्टासँग शिष्टाचार भेट गरे।

भेटका क्रममा सांसद सुब्बाले हालै सिक्किम भ्रमण गरी राज्यभर सञ्चालनमा रहेका सड़क पूर्वाधार परियोजनाहरूको विस्तृत समीक्षा गरेकोमा राज्यमन्त्री टाम्टाप्रति आभार व्यक्त गरे। उनले सिक्किममा यातायात सञ्जाल सुदृढीकरण तथा पूर्वाधार विकासलाई तीव्रता दिने मन्त्रीको प्रतिबद्धताको प्रशंसा गरे।

उक्त भेटवार्ताले सड़क सञ्जालको सुधार तथा सिक्किमका जनताको हितका लागि विकासको गतिलाई अझ तीव्र बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande