खड़गपुरमा डम्परको चपेटमा परी सफाईकर्मीको मृत्यु
खड़गपुरमा डम्परको चपेटमा परी सफाईकर्मीको मृत्यु


खड़गपुर, 09 जून (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुरस्थित कौशल्या मोड़मा मङ्गलवार बिहान लगभग 11 बजे भएको एक पीड़ादायी सड़क दुर्घटनामा नगरपालिकाका स्थायी सफाईकर्मी एन. भास्कर रावको मृत्यु भयो। वार्ड नम्बर 25 अन्तर्गत कौशल्या क्रसिङ्गको छेउमा गिट्टी लादिएको एउटा डम्परले उनलाई भयानक ठक्कर दिएको कारणले उनको घटनास्थलमै मृत्यु भयो।

प्रत्यक्षदर्शीहरू अनुसार दुर्घटना त्यसबेला भयो जतिबेला कर्मचारी आफ्नो नियमित कार्यमा लागिपरेका थिए। घटनापछि क्षेत्रमा कोकोहोलो मचिनको साथै व्यापक आक्रोश फैलियो। केही समयसम्म सड़क जामको स्थिति पनि उत्पन्न भयो।

सूचना पाएर घटनास्थलमापुगेको खड़गपुर थानाको पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले दुर्घटनाग्रस्त डम्परलाई जफत गरेर मामिलाको जाँच शुरू गरेको छ।

शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। तथापि घटना भएको समयमा यातायात व्यवस्था तथा जामको स्थितिलाई लिएर अहिलेसम्म स्पष्ट जानकारी पाइएको छैन।

यसबीच खड़गपुर नगरपालिकाकी चेयरपर्सन कल्याणी घोषले घटनामाथि दुःख व्यक्त गर्दै भनिन्, यो एक दुःखदायी घटना हो। हामी पीड़ित परिवारको साथमा छौं र उनीहरूलाई ह रसम्भव सहयोग गर्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande