दुई जना मानव तस्कर पक्राउ, पाँच जना नाबालिकलाई मुक्त गराइयो
दुई जना मानव तस्कर पक्राउ, पाँच जना नाबालिकलाई मुक्त गराइयो


खड़गपुर, 09 जून (हि.स.)। मानव तस्करी औ बाल श्रम विरोधी अभियान अन्तर्गत रेलवे सुरक्षा बल (आरपीएफ)-लाई ठूलो सफलता प्राप्त भएको छ। आरपीएफको संयुक्त टीमले पाँच जना नाबालिकहरूलाई मानव तस्करहरूको चङ्गुलबाट मुक्त गराउँदै दुई जना तस्करहरूलाई पक्राउ गरेको छ। यो कारबाही गए सोमवार शालीमार-सन्तरागाछी स्टेशनमा गरिएको हो।

मङगलवार अपरान्ह रेलवे सूत्रद्वारा जारी विज्ञप्ति अनुसार आरपीएफको शालीमार सीआईबी टीमलाई सूचना प्राप्त भएको थियो कि केही नाबालिकहरूलाई श्रमिक बनाउने उद्देश्यले राज्यदेखि बाहिर लगिँदैछ। सूचनाको आधारमा शालीमार सीआईबी, खड़गपुर आरपीएफ, खड़गपुर सीआईबी तथा मानव तस्करी विरोधी क्षेत्रमा कार्यरत एक गैर-सरकारी सङ्गठनका प्रतिनिधिहरूको संयुक्त टीम गठन गरियो।

संयुक्त टीमले ट्रेन सङ्ख्या 18045 इस्ट कोस्ट एक्सप्रेसमा शालीमार र सन्तरागाछी स्टेशनबीच विशेष जाँच अभियान सञ्चालन गऱ्यो। यस अवधि दुई जना संदिग्ध व्यक्तिहरूको साथमा यात्रा गरिरहेका पाँच जना नाबालिकहरूलाई चिन्हित गरियो। जाँचबुझमा आरोपीहरूले ती नाबालिकहरूलाई उनीहरूको गृह राज्यदेखि बाहिर लगेको सम्बन्धमा माता-पिता अथवा अभिभावकको कुनै वैध अनुमति वा दस्तावेज प्रस्तुत गर्न सकेनन्।

जाँचमा थाहा लाग्यो, ती बालकहरूलाई रोजगार तथा उच्च वेतनको प्रलोभन देखाएर आन्ध्र प्रदेश लगिँदैथ्यो। बालकहरूले बताए, उनीहरूलाई आफूहरूलाई कहाँ लगिरहेको र के काममा लगिरहेको हो भन्ने कुरा थाहा थिएन।उनीहरूको पहिचान दस्तावेजको जाँच गर्दा सबै नाबालिक रहेको पुष्टि भयो।

सन्तरागाछी स्टेशन पुगेपछि आरपीएफले नाबालिकहरू सहित दुई जना आरोपीहरूलाई पनि ट्रेनबाट उताऱ्यो। आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि सबलाई अग्रिम कारबाहीको लागि राजकीय रेलवे पुलिस (जीआरपी) कहाँ सुम्पिइयो।

यस सम्बन्धमा शालीमार जीआरपी थानामा मुद्दा सङ्ख्या 34/2026 दर्ता गरिएको छ। आरोपीहरूविरूद्ध भारतीय न्याय संहिता (बीएनएस) तथा बाल श्रम (निषेध एवं विनियमन) अधिनियम, 1986 का सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande