
कोलाघाट, 09 जून (हि.स.)। पूर्व मेदिनीपुरको कोलाघाटमा आयोजित प्रशासनिक बैठक पश्चात तृणमूल कङ्ग्रेसका सांसद देव (दीपक अधिकारी)-ले स्पष्ट पारे, उनी कुनै “नयाँ तृणमूल”-मा सामेल भइरहेका छैनन्। जीवनभरि नै मुख्यमन्त्रीको साथमा बस्नेछन्।
मङ्गलवार मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा देव र सांसद जून मालिया पनि उपस्थित थिए। बैठकपछि पत्रकारहरूसित बातचित गर्दै देवले भने, ममता ब्यानर्जीप्रति उनको सम्मान र स्नेह सदैव रहनेछ। उनले भने, उनी तृणमूल कङ्ग्रेसका सांसदको रूपमा चुनिएका छन्, त्यै अनुरूप जनताको आशालाई पूरा गर्नु उनको जिम्मेवारी हो।
हालैमा लोकसभामा तृणमूल कङ्ग्रेसका केही सांसदहरूको गतिविधिलाई लिएर राजनीतिक अड़कलहरू लगाइँदैथ्यो। यस्तो स्थितिमा देव बैठकमा उपस्थित हुनुले विभिन्न प्रकारका चर्चाहरूलाई ज न्म दिएको थियो। तथापि देवले यी अड़कलहरूमा विराम लगाउँदै भने, उनी कुनै नयाँ राजनीतिक गुटको पक्षमा छैनन्। तृणमूल कङ्ग्रेस तथा ममता ब्यानर्जीप्रति उनको निष्ठा पहिला जस्तै कायम छ।
उनले प्रष्ट पारे, जबसम्म जीवित रहन्छु, ममता ब्यानर्जीको साथ रहनेछु अनि जनताको हितमा काम गरिरहनेछु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा