
गुवाहाटी, 09 जून (हि.स.)। श्रीश्री आउनीआटी सत्रका सत्राधिकार, सत्रिया संस्कृतिका प्रतिष्ठित साधक, कवि एवं साहित्यकार डा. पीताम्बर देव गोस्वामी आज लण्डनतर्फ प्रस्थान भए।
डा. गोस्वामीले आगामी 17 जूनका दिन ब्रिटिश संसदमा सत्रिया संस्कृतिमाथि व्याख्यान दिनेछन्। उनको यस सम्बोधनमा असमको वैष्णव सांस्कृतिक परम्परा औ उसको समृद्ध धरोहरलाई प्रस्तुत गरिनेछ।
व्याख्यानमा महापुरुष श्रीमन्त शङ्करदेव, माधवदेव तथा दामोदर देवका अनुपम सृजनधर्मिता, साहित्यिक एवं आध्यात्मिक योगदानलाई विशेष उल्लेख गरिनेछ। उनीहरूका कार्य अनि विचारहरूको माध्यमबाट असमको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा रेखाङ्कित गरिनेछ।
यस यात्रा कालमा सत्राधिकार डा. गोस्वामीले एउटा गुरु आसन तथा हेङ्गुल-हाइतालबाट अलङ्कृत पारम्परिक बिचनीलाई पनि सँगै लिएर जानेछन् जसलाई संरक्षणको निम्ति ब्रिटिश म्यूजियममा सुम्पिइनेछ। यस पहललाई असमको समृद्ध सांस्कृतिक धरोहर तथा पारम्परिक शिल्पकलालाई वैश्विक स्तरमा प्रदर्शित गर्ने दिशामा महत्वपूर्ण मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा