
हावड़ा, 09 जून (हि.स.)। राज्यका पञ्चायत मन्त्री दिलीप घोषले भनेका छन्, ग्रामीण विकासलाई गति दिनु राज्य सरकारका प्राथमिकताहरूमा सामेल छ। हावड़ा जिल्लाको उलुबेड़ियास्थित जुवारगुड़ी क्षेत्रमा मङ्गलवार महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारन्टी योजना (मनरेगा) अन्तर्गत विकास कार्यहरूको शुभारम्भ गर्न पुगेका दिलीप घोषले भने, मनरेगा ग्रामीण क्षेत्रहरूको लागि रोजगारको एउटा महत्वपूर्ण माध्यम हो जसबाट हजारौं मानिसहरूले काम पाउँछन्। उनले दाबी गरे, पूर्वमा विभिन्न अनियमितता तथा भ्रष्टाचारको आरोप लागेको कारणले यस परियोजनाको कार्य प्रभावित भएको थियो।
दिलीप घोषले भने, नयाँ सरकार बनिएपछि योजनाहरूको समीक्षा गरेर आवश्यक समस्याहरूको समाधान गर्ने प्रयास गरियो जसपश्चात मनरेगा परियोजनाको कार्यलाी पुनः शुरू गरिएको हो। उनले भने, यस योजनाको लागि पर्याप्त दनराशि पनि उपलब्ध गराइएको छ जसबाट ग्रामीण क्षेत्रका मानिसहरूले रोजगारको नयाँ अवसर पाउनेछन्।
उनले भने, सरकारको लक्ष्य आम मानिसहरूको हितमा काम गर्नु हो भने ग्रामीण विकासलाई गति दिनु उसको प्राथमिकता हो। कार्यक्रममा स्थानीय भाजपा कार्यकर्ता तथा क्षेत्रका केही मानिसहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा