इन्दौरमा ब्रिक्स कृषि कार्य समूहको अन्तरराष्ट्रिय सम्मेलन आजदेखि, 20 देशका प्रतिनिधि सामेल हुने
इन्दौर


भोपाल, 09 जून (हि.स.)। मङ्गलवारदेखि मध्य प्रदेशको आर्थिक राजधानी इन्दोरमा केन्द्र सरकारद्वारा ब्रिक्स शिखर सम्मेलन–2026 अन्तर्गत कृषि कार्य समूहको महत्वपूर्ण अन्तरराष्ट्रिय सम्मेलन शुरू भइरहेको छ। यहाँको ग्राण्ड शेरेटन होटलमा 13 जूनसम्म चल्ने उक्त उच्चस्तरीय सम्मेलनमा 20 देशका कृषिमन्त्री, वरिष्ठ अधिकारी, कृषि वैज्ञानिक, नीति निर्माता र विज्ञको सहभागिता रहनेछ।

सम्मेलनको पहिलो तीन दिन अर्थात 09 जूनदेखि 11 सम्म कृषि कार्य समूहको बैठक बस्ने र त्यसपछि 12 देखि 13 जूनमा मुख्य कृषिमन्त्रीको बैठक बस्ने केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहानले जानकारी दिए।

केन्द्रिय मन्त्री चौहानले यो सम्मेलन भारतका लागि मात्र नभई विश्वको कृषि क्षेत्रका लागि महत्वपूर्ण साबित हुने बताए। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आयोजना हुने यस सम्मेलनले खाद्य सुरक्षा, जलवायु परिवर्तन, कृषि व्यापार र किसान कल्याण जस्ता विषयमा नयाँ दिशा तय गर्नेछ। सम्मेलनमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, युगान्डा, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स, कोलम्बिया, इन्डोनेसिया लगायत कूल 20 देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

उनले ब्रिक्सको स्थापना सन् 2006 मा भएको र आज 11 सदस्य राष्ट्र र 10 साझेदार राष्ट्र सहित विश्वकै सबैभन्दा प्रभावशाली समूह बन्न पुगेको बताए । हालसम्म भारतको अध्यक्षतामा ब्रिक्स कृषि कार्य समूहका करीब आठ बैठकहरू भइसकेका छन्। यी बैठकहरूमा खाद्य सुरक्षा, मत्स्यपालन, पशुपालनलगायत कृषिसँग सम्बन्धित धेरै महत्वपूर्ण विषयमा व्यापक छलफल भएको छ।

इन्दौरमा कृषि कार्य समूह र ब्रिक्स देशका कृषि मन्त्रीहरूको महत्वपूर्ण बैठक आयोजना हुनु मध्यप्रदेशका लागि ठूलो गर्व र खुशीको विषय भएको उनले बताए। वैश्विक दृष्टिकोणले यो समूह धेरै महत्त्वपूर्ण छ किनभने विश्वका लगभग 42 प्रतिशत कृषि भूमि, 68 प्रतिशत कृषि सम्पत्ति र लगभग 42 प्रतिशत खाद्यान्न उत्पादन यी ब्रिक्स राष्ट्रहरूसँग छ। यस प्लेटफर्ममा हुने सहकार्यले सम्पूर्ण विश्वको खाद्य सुरक्षालाई असर गर्छ।

सम्मेलनले विश्वव्यापी खाद्य सुरक्षा र पोषण, जलवायु, स्मार्ट कृषि, कृषि व्यापार र आपूर्ति श्रृंखला, डिजिटल कृषि र सटीक खेती, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ र रोबोटिक्स, किसान कल्याण र अनुसन्धान सहयोग लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गर्नेछ। यो सम्मेलन औपचारिक बैठक मात्र नभई इन्दौरको सरसफाई, संस्कृति, मालवाको आतिथ्यता र कृषि विविधताबारे पनि अतिथिहरूलाई परिचय गराइनेछ।

कृषि सम्मेलनमा सहभागी हुन विदेशी पाहुना सोमवार इन्दौर पुगेका थिए। पाहुनाहरुलाई प्रदेश सरकारले पुष्पवृष्टि गरी स्वागत गरेको थियो। सोमवार राति इन्दौरको प्रसिद्ध 56 पसलमा विदेशी पाहुनाहरूले मालवाको स्वादिष्ट परिकारको आनन्द लिए। ब्राजिल, इथियोपिया, इन्डोनेसिया, दक्षिण अफ्रिका लगायतका देशका पाहुनाले 56 पसलमा सिन्जी, दही बडा, शाही पोहा, कचोरी, पातिस, साबुदाना खिचड़ी जस्ता मालवी परिकारको स्वाद लिए। व्यंजनहरूमा हाईजीनको विशेष ध्यान दिइयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande