मणिपुरमा प्रचुर मात्रामा मादक पदार्थसितै तीन तस्कर पक्राउ
मणिपुरमा प्रचुर मात्रामा मादक पदार्थसितै तीन तस्कर पक्राउ


इम्फाल, 09 जून (हि.स.)। मणिपुरको सेनापति एवं इम्फाल पश्चिम जिल्लाबाट तीन जना मानिसहरूलाई पुलिसले पक्राउ गरेको छ। तीनै जना आरोपीहरूबाट मादक पदार्थ ब्राउन शुगर र हेरोइन जफत गरिएको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा दिइएको जानकारी अनुसार गए सोमवार सुरक्षा बलहरूले सेनापति जिल्लाको सेनापति थानान्तर्गत टी. खुल्लेन नाका पोस्टबाट दुई जना मानिसहरूलाई पक्राउ गरे। यिनीहरूबाट विभिन्न सामग्रीहरू सहित 12 वटा साबुनदानीमा राखिएको ब्राउन शुगर, एउटा ग्राण्ड आई वाहन (एएस- 01एलसी-9436) जसबाट प्रतिबन्धित सामान भेटिएको थियो तथा 4 हजार रुपियाँ नगद जफत गरियो। पक्रा पर्ने आरोपीहरूको पहिचान उरियामघाट, देवीपुरका नसिमउद्दीन (38) र गोमारीगुरीका मोञ्जित (25)-को रूपमा गरिएको छ।

यसरी नै गए सोमवार सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको न्यू केइथेलमाबी थाना अन्तर्गत केइथेलमाबी क्षेत्रबाट एकजना व्यक्तिलाई पक्राउ गरे। आरोपीबाट पाँच वटा साबुनदानीमा लुकाएर राखिएको 58 ग्राण हेरोइन पाउडर, एउटा वाहन जफत गरियो। आरोपीको पहिचान थोउबल जिल्लाको सपम मामङ्ग लिकाईका नोङ्गम्याथेम रूपु सिंह (38)-को रूपमा भएको छ।

पुलिसले बताएको छ, सुरक्षा बलहरूले जिल्लाका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा लगातार खोजी अभियान सञ्चालन गरिरहेका छन्। राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्तुहरू लादिएका 130 वटा वाहनहरूको सोमवार आवागमन सुनिश्चित गरिएको छ। सबै संवेदनशील क्षेत्रहरूमा सुरक्षाको कड़ा उपाय गरिएको छ। भिन्न-भिन्न जिल्लाहरू अन्तर्गत पहाड़ तथा समतल दुवै क्षेत्रमा 114 वटा नाका वा चेक पोइन्ट राखिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande