बङ्गालमा चाँड़ै मनसुनको आगमन हुने सम्भावना
बङ्गालमा चाँड़ै मनसुनको आगमन हुने सम्भावना


कोलकाता, 09 जून (हि.स.)। राज्यमा चाँड़ै मनसुनले प्रवेश गर्नसक्छ। परिस्थिति अनुकूल रहे आगामी दुई-तीन दिनभित्रै पश्चिम बङ्गालका केही भागहरूमा दक्षिण-पश्चिम मनसुन आइपुग्नसक्छ। पछिल्लो केही दिनदेखिको परिरहेको पानी र हावा-हुन्डरीले मानिसहरूले गर्मीबाट केही राहत पाएका छन्। मनसुनले प्रवेश गरेपछि आद्रता र गर्मी पनि घट्ने सम्भावना छ।

मौसम विभाग अनुसार गत चार जूनको दिन केरलमा मनसुनले प्रवेश गरिसकेको छ। दक्षिण-पश्चिम मनसुनी हावाको प्रभावले त्यहाँ लगातार पानी परिरहेको छ। सोमवारसम्ममा महाराष्ट्रको सोलापुर, कर्नाटकको कलबुर्गी र तमिलनाडुको चेन्नईमा पनि मनसुनले प्रवेश गरिसकेको छ। मौसम विभागको भनाइ छ, आगामी केही दिनमा दक्षिण-पश्चिम, पश्चिम-मध्य औ उत्तर-पश्चिम बङ्गालको खाड़ीका अन्य भागहरूमा पनि मनसुन अगाड़ि बढ़्ने अनुकूल परिस्थिति उत्पन्न भएको छ। यस्तो स्थितिमा आगामी दुई-चार दिनभित्रमा पश्चिम बङ्गालका केही भागहरूमा मनसुनको आगमन हुनसक्छ। साथै छिमेकी राज्यहरू क्रमैले सिक्किम, ओडिशा तथा पूर्वोत्तर भारतका राज्यहरूमा पनि मनसुन पुग्ने सम्भावना छ।

तथापि मौसम विभागले यो स्पष्ट पारेको छैन, पश्चिम बङ्गालका कुन-कुन क्षेत्रहरूमा सबैभन्दा पहिला मौसमको आगमन हुनेछ। सामान्यतः उत्तर बङ्गालमा सबैभन्दा पहिला मनसुनले प्रवेश गर्छ, त्यसपछि माात्र दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा फैलिन्छ। पछिल्लो केही दिनदेखिको कोलकाता सहित दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा हुरी एवं वर्षाको सिलसिला जारी छ। बुधवार र बिहीवार पनि कोलकातामा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। दुवै दिन 40-50 किलोमीटर प्रतिघण्टाक गतिले हावा चल्नसक्छ।

मङ्गलवार पूर्व र पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद, नदिया, उत्तर 24 परगना, दक्षिण 24 परगना तथा पूर्व मेदिनीपुर जिल्लामा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानहरूमा 40-50 किलोमीटर प्रतिगम्टाको गतिले तीव्र हावा चल्नसक्छ।

अर्कोतिर उत्तर बङ्गालका जिल्लाहरूमा पनि साताभरि नै वर्षा हुने सम्भावना छ। मङ्गलवार अलिपुरद्वार, जलपाईगुड़ी र कुचबिहारमा अतिभारी वर्षा हनसक्छ। दार्जीलिङ र कालेबुङमा पनि भारी वर्षा हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande