न्यू गुवाहाटीमा जनसमस्याहरूको समाधानलाई लिएर समीक्षा बैठक आयोजित
न्यू गुवाहाटीमा जनसमस्याहरूको समाधानलाई लिएर समीक्षा बैठक आयोजित


गुवाहाटी, 09 जून (हि.स.)। गुवाहाटीका मेयर मृगेन सरनियाले मङ्गलवार न्यू गुवाहाटी विधानसभा क्षेत्रका नवनिर्वाचित विधायक दिप्लुरञ्जन शर्माको उपस्थितिमा न्यू गुवाहाटी समजिलाका सबै विभागीय प्रमुखहरूसित भएको एक समीक्षा बैठकमा भाग लिए।

बैठकमा क्षेत्रमा व्याप्त विभिन्न जनसमस्याहरूमाथि विस्तारपूर्वक चर्चा गरियो। विशेष गरी बाढ़ीको समस्या र त्यसबाट उत्पन्न चुनौतीहरूलाई लिएर विचार-विमर्श गरियो। यस अतिरिक्त पिउने पानीको सङ्कट समाधान गर्ने विषयमा पनि चर्चा गरियो जलमा पानी आपूर्तिलाई सुव्यवस्थित बनाउनेमाथि एक महत्वपूर्ण अनि सकारात्मक निर्णय लिइयो।

बैठकमा न्यू गुवाहाटी समजिला आयुक्त अरुन्धती नरह मिपुन सहित विभिन्न विभागीय अधिकारीगण एवं पार्षदगण उपस्थित थिए। बैठकमा क्षेत्रका विकास कार्यहरूलाई गति दिने तथा जनताका समस्याहरूको तत्काल समाधान गर्नको लागि समन्वित प्रयास गर्नेमाथि बल दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande