
कोलकाता, 09 जून (हि.स.)। बिधाननगर नगरनिगमका प्रथम मेयर औ वर्तमान चेयरम्यान रहेका तृणमूल कङ्ग्रेस नेता सब्यसाची दत्तालाई एकजना व्यापारीबाट कथित रूपमा एक करोड़ रुपियाँभन्दा अधिक रङ्गदारी मागेको आरोपमा पुलिसले पक्राउ गरेको छ। पक्राउपछि मङ्गलवार भएको विरोध प्रदर्शनमा उनीमाथि टमाटर, अण्डा र गोबर फालियो। तथापि दत्ताले आफूमाथि लगाइएका सबै आरोपहरूलाई शिराबाटा खारेज गर्दै यसलाई राजनीतिक तथा व्यक्तिगत प्रतिशोधको परिणाम बताएका छन्।
पुलिस सूत्र अनुसार साल्ट लेक निवासी कारोबारी मधुसूदन चक्रवर्तीले बिधाननगर कमिश्नरेटमा लिखित सिकायत दर्ता गरी आरोप लगाए, सब्यासाची दत्ताले पछिल्लो लामो समयदेखिकै उनीमाथि पैसाको लागि दबाव दिरहेका थिए। सिकायतमा रङ्दारी मागेको, ज्यानमारा धम्की दिएको तथा मानसिक उत्पीड़न जस्ता गम्भीर आरोपहरू लगाइएको छ।
सिकायतकर्ताको दाबी छ, उनीसित एक करोड़ आठ लाख रुपियाँ मागिएको थियो। सिकायतमा फरवरी, 2018-मा एक करोड़ रुपियाँ कथित रूप असुल गरेको पनि उल्लेख गरिएको छ। सिकायत दर्ता भएपछि पुलिसले सोमवार अबेर राती राजारहाटको रायगाछी क्षेत्रमा छापा मारेर दत्तालाई पक्राउ गऱ्यो। मङ्गलवार उनलाई स्वास्थ्य परीक्षणको लागि अस्पतालमा लगियो।
अस्पतालबाट बाहिरिँदै गर्दा र पछि बिधान नगर उत्तर थानाबाट प्रस्थान भइरहेको बेला भाजपा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे। यस अवदि प्रदर्शनकारीहरूले उनको वाहनमा टमाटर, अण्डा र गोबर फाले। विरोधदेखि बच्नको लागि दत्तालाई वाहनभित्र कागजले आफ्नो अनुहार ढाक्नु पऱ्यो।
पक्राउपछि मीडियासितको बातचितमा सब्यसाची दत्ताले आरोपहरूलाई पूर्ण रूपले निराधार बताए। उनले भने, एक करोड़ किन, एक सय करोड़ रुपियाँ लिएको आरोप पनि लगाउनसक्छ। यदि कसैले मलाई कुनै पनि समय एक रुपियाँ पनि दिएको छ भने मलाई फाँसीमा झुण्ड्याइयोस्।
अर्कोतिर सिकायतकर्ता मधुसूदन चक्रवर्तीको भनाइ छ, उनले पहिलो पटक 2018-मै यस मामिलाको सिकायत गरेका थिए, तर त्यसबेला कुनै कारबाही भएन। त्यसैले उनले फेरि एकपटक पुलिसको ढोका ढक्ढकाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा