सन्तोषपुर स्टेशनमा ‘अवैध’ पसलहरूमाथि बुलडोजर कारबाही
सन्तोषपुर स्टेशनमा ‘अवैध’ पसलहरूमाथि बुलडोजर कारबाही


कोलकाता, 09 जून (हि. स.)। राज्यमा राजनीतिक परिवर्तन आएपछि विभिन्न रेलवे स्टेशनहरूमा हकर्सलाई हटाउन तथा रेलवेको जमीनलाई अतिक्रमणमुक्त बनाउने अभियान निरन्तर भइरहेको छ। यसै क्रममा गए सोमवार राती दक्षिण 24 परगना जिल्लाको सन्तोषपुर रेलवे स्टेशनमा व्यापक रूपमा हकर्स हटाऔं अभियान सञ्चालन गरियो।जीआरपीको उपस्थितिमा स्टेशन परिसरमा निर्मित अस्थायी तथाकथित अवैध पसलहरूमाथि बुलडोजर चलाएर भत्काइयो।

रेल प्रशासनको दाबी छ, स्टेशन संलग्न रेलवेको जमीनमा पछिल्लो लामो समयदेखिको अवैध रूपमा कब्जा गरी बनाइएका पसलहरूलाई हटाउनको लागि गए सोमवार राती लगभग 10 बजीदेखि अभियान शुरू गरियो जुन अबेर रातिसम्म चलिरह्यो। अभियान अवधि ठूलो सङ्ख्यामा रेलवे पुलिस तथा राज्य पुलिसका जवानहरूलाई तैनाथ गरिएको थियो।

कुनै प्रकारको पनि अप्रिय घटनादेखि बच्नको लागि सम्पूर्ण स्टेशन परिसरलाई सरक्षाको घेरामा राखियो। कारबाही शुरू हुनअघि पसलहरूको बिजुली आपूर्तिलाई काटियो। त्यसपछि बुलडोजर र अन्य मशिनहरूको सहयोगले एउटा-एउटा गर्दै सबै अवैध ढाँचाहरूलाई ध्वस्त बनाइयो। स्टेशन बाहिर मात्र नभएर प्लेटभित्र भएका अवैध पसल तथा संरचनाहरूलाई समेत भत्काइयो।

रेल प्रशासनले बताए अनुसार स्टेशन परिसरलाई अतिक्रमण मुक्त बनाएर यात्रीहरूलाई श्रेष्ठ सुविधा उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। सन्तोषपुर स्टेशनमा भएको यस कारबाहीलाई लिएर क्षेत्रमा व्यापक चर्चा शुरू भएको छ। रेलवे सूत्र मुताविक आगामी दिनमा राज्यका अन्य रेलवे स्टेशनहरूमा पनि यस्तै अभियान सञ्चालन गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande