नाबालिकसित शारीरिक उत्पीड़न गरेको आरोप, क्षेत्रमा खैलाबैला
नाबालिकसित शारीरिक उत्पीड़न गरेको आरोप, क्षेत्रमा खैलाबैला


सिलगढ़ी, 09 जून (हि.स.)। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको आशिघर पुलिस चौकी क्षेत्रमा एकजना 12 वर्षीय नाबालिकासित पछिल्लो लामो समयदेखिकै कथित रूपमा शारीरिक उत्पीड़न गर्दै आइरहेको मामिला मङ्गलवार सार्वजनिक भएको छ। यो घटना सार्वजनिक हुनसाथ क्षेत्रमा व्यापक खैलाबैला शुरू भएको छ।

प्राप्त जानकारी अनुसार, नाबालिकाका पिताको पहिला नै निधन भइसकेको भने आमा कतै गएकी छन्। आफ्ना दुई भाई-बहिना र हजुरआमासित उ एउटा भाड़ाको घरमा बस्दै आइरहेकी थिई। आरोप अनुसार त्यै घरमा बस्ने एकजना बुजुर्ग व्यक्तिले पछिल्लो लामो समयदेखिकै नाबालिकासित शारीरिक उत्पीड़न गर्दै आइरहेको थियो।

यसबीच नाबालिकाको भाई र बहिनी पनि बेपत्ता भएको बताइएको छ जसले गर्दा यो मामिला अझ गम्भीर भएको छ। सोमवार इस्टर्न बाइपास क्षेत्रमा नाबालिकालाई रूँदै भौंतारिरहेको देखियो। स्थानीय मानिसहरूले समातेर उसलाई दार्जीलिङ जिल्ला लीगल एड फोरमका सदस्यहरूलाई सुम्पिदिए। त्यसपछि मङ्गलवार फोरमका सदस्यहरूले नाबालिकालाई आशिघर पुलिस चौकीमा पुऱ्याएर लिखित सिकायत दर्ता गराए।

यस सम्बन्धमा फोरमका सदस्य अमित सरकारले बताए, मामिला हातमा आउनसाथ हामीले तत्कालै पुलिसमा लिखित सिकायत दर्ता गराएका छौं ताकि आरोपीलाई चाँड़ैै सजाय दिलाउन सकियोस्। साथै नाबालिकाका बेपत्ता भाइ-बहिनीको पछाड़ि आरोपीको कुनै भूमिका छ कि छैन, यसको पनि जाँच गर्ने माग गरिएको छ।

पुलिस सूत्र मुताविक सिकायतको आधारमा जाँच शुरू गरिएको छ। आरोपीलाई पक्राउ गर्न प्रयास जारी छ। मामिलाको सबै पाटोहरूको गहन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande