बेलदामा करेन्टको चपेटमा परी व्यक्तिको मृत्यु
बेलदामा करेन्टको चपेटमा परी व्यक्तिको मृत्यु


खड़गपुर, 09 जून (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा थाना क्षेत्रस्थित नहपाड़ा गाउँमा मङ्गलवार बिहान करेन्टको चपेटमा परी एकजना व्यक्तिको मृत्यु भयो। मृतकको पहिचा नवद्वीप दासको रूपमा भएको छ।

जानकारी अनुसार नवद्वीप दासले आफ्नो घरको तलाउबाट पानी निकाल्नको लागि टुलु मोटरलाई उपयोग गरिरहेका थिए। भनिन्छ, गए सोमवार राती परेको पानीले तलाउमा अधिक पानी भरिएको थियो। यसै पानीलाई निकाल्ने क्रममा अचानक बिजुलीको शर्ट सर्किट भएर मोटरमा करेन्ट लाग्यो जसको चपेटमा तिनी परेर तिनी घाइते भए।

घटनापछि परिवारका सदस्यहरू र स्थानीय मानिसहरूले हतार-हतार तिनलाई गम्भीर अवस्थामा बेलदा सुपर स्पेशलिटी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। सूचना पाएर बेलदा थानाको पुलिस टीम अस्पतालमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि खड़गपुर महकमा अस्पतालमा पठाइदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande