
इटानगर, 09 जून (हि.स.)। अरुणाचल प्रदेशको अप्परर सियाङ्ग जिल्ला अधिनस्थ गेकू-मारियाङ्गका विधायक ओनी पान्याङ्गको आवासमा गए सोमवार साँझ बाँध विरोधी प्रदर्शनकारीहरूको एक समूहले कथित रूपमा हमला गरी आंशिक रूपमा क्षति पुऱ्यायो। यो घटना प्रस्तावित सियाङ्ग अप्पर बहुउद्देशीय परियोजना (एसयूएमपी)-लाई लिएर भइरहेको विवादबीच भएको छ।
सूत्र अनुसार सियाङ्ग अप्पर बहुउद्देशीय परियोजना (एसयूएमपी)- को विरोध गरिरहेका लगभग 500 जना प्रदर्शनकारीहरूले विधायकको आवास वरिपरी भेला भएर कथित रूपमा घरका केही भागहरूमा तोड़फोड़ गरे।
यो घटना अप्पर सियाङ्ग जिल्लाको गेकुमा 110 परिवारद्वारा एसयूएमपीको पूर्व-व्यवहार्यता रिपोर्ट (पीएफआर) तयार गरेको समर्थनमा सम्झौता ज्ञापनमा हस्ताक्षर गरिएको केही दिनपछि भएको छ। बाँध विरोधी असन्तुष्ट समर्थकहरूले कथित रूपमा सम्झौता हस्ताक्षर गर्ने केही मानिसहरूको घरमा पनि तोड़फोड़ गरिदिएका छन् जसमा स्थानीय विधायक पान्याङ्गको घर पनि सामेल छ।
एसयूएमपीलाी लिएर क्षेत्रमा तनाउ बढ़्दै गइरहेको छ। स्थानीयहरूको मान्यता छ, सरकारले आर्थिक लोभ देखाएर उनीहरूलाई विभाजन गर्ने प्रयास गरिरहेको छ
भनिन्छ, यो घटना सियाङ्ग क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत परियोजनाप्रति बढ़्दो जन विरोध तथा समर्थनको सङ्केत हो।
यस सम्बन्धमा विधायक ओनी पान्याङ्गसित सम्पर्क गरियो, तर उनले घटनामाथि टिप्पणी गर्नदेखि अस्वीकार गरे। उनले घटनाको पुष्टि गरे पनि कुनै पनि प्रकारको जनहानि भएको रिपोर्ट नरहेको बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा