Custom Heading

जिल्ला कानूनी सेवा प्राधिकरणद्वारा साइक्लोथन आयोजित
साइक्लोथन


गान्तोक, 10 अक्टोबर (हि.स.)। जिल्ला कानूनी सेवा प्राधिकरण, पूर्व सिकिमले आज बोझोघारी जिरो पोइन्टदेखि सिच्छेस्थित जिल्ला न्यायालय परिसरसम्म साइक्लोथन आयोजन गऱ्यो। यसपछि, मानसिक स्वास्थ्य जागरूकतामाथि राजधानीको एमजी मार्गमा वकाथन सम्पन्न गरियो। उक्त कार्यक्रम विश्व मानसिक स्वास्थ्य दिवस पालनको रूपमा तथा प्राधिकरणको देशव्यापी जागरूकता एवं पहुॅंच अभियान अन्तर्गत आयोजना गरिएको बताइएको छ।

साइक्लोथनको शुभारम्भ विशेष अतिथि यूडोक भोटिया गरेका थिए। उक्त कार्यक्रमको आयोजना बार एसोसिएशन अफ् सिक्किमको संयुक्त तत्वावधानमा गरिएको थियो। यो कार्यक्रम आजादीको अमृत महोत्सव अन्तर्गत गरिएको बताइएको छ।

साइक्लोथनमा बार एसोसिएशन अफ् सिक्किमका अध्यक्ष जोर्गे नाम्खा र सिकिम सरकारी कानून महाविद्यालय, बुर्तुकका विद्यार्थीहरू सहभागी बनेका थिए। साइक्लोथनमा विद्यार्थी दिपेन्द्र छेत्री विजयी बने भने अधिवक्ता अभिनव कान्त झा र दिपेश शर्मा उपविजेता बने। विजेताहरूलाई प्राधिकरणका अध्यक्ष प्रज्वल खतिवडा र प्राधिकरणकी सचिव जामयाङ छोडेन भोटियाको बाहुलीद्वारा प्रदान गरियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande