चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सको सुक्खा धमकी, भन्यो- युद्ध भयो भने हार्छ भारत
चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सको सुक्खा धमकी, भन्यो- युद्ध भयो भने हार्छ भारत


बीजिङ, 12 अक्टोबर (हि.स.)। चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सले सुक्खा धमकी दिॅंदै यदि युद्ध भयो भने भारत हार्छ भनी दाबी गरेको छ।

ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीयमा भनिएको छ, नयॉं दिल्लीले एउटा कुरा स्पष्ट रूपमा बुझुन् कि जसरी उसले सीमा हासिल गर्न चाहन्छ, त्यसरी उसलाई कहिले पनि प्राप्त हुने छैन। यदि युद्ध शुरू भयो भने निश्चित रूपमा उसले हारको सामना गर्नु पर्नेछ।

उल्लेखनीय छ, चीन र भारतबीच 13औं चरणको बातचित पूर्वी लद्दाखमा एलएसीमा चूशुल मोल्दो सीमा क्षेत्रम चीनको तर्फबाट आइतवार भयो। 14औं कर्प्स कमाण्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र साउन शिनजियाङ मिलिट्री डिस्ट्रिक चीफ मेजर जनरल लियु लिनको अगुवाईमा दुवै देशबीच लगभग साढे आठ घण्टसम्म बातचित भएको थियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande