एसआईसीएका अध्यक्ष र सचिव नागाल्याण्डमा सम्मानित
एसआईसीए


गान्तोक, 12 अक्टोबर (हि.स.)। डिमापुरमा सोविमा क्रिकेट खेलमैदानको उद्घाटन गरिएको छ। यस अवसरमा सातौं उत्तरपूर्वी क्रिकेट विकास कमिटीको सभा पनि सम्पन्न गरियो। कार्यक्रममा नागाल्याण्डका मुख्यमन्त्री एन. रियो, एथलेटिक्स फेडरेशन अफ् इण्डियाका एसोसिएट भाइस प्रेसिडेन्ट अबु मेहता, पूर्वोत्तर राज्यका कार्यकारीहरू आदि उपस्थित थिए।

सिक्किम किक्रेट एसोसिएशनद्वारा प्रेस विज्ञप्ति अनुसार पूर्वोत्तर राज्य र यहॉंका नानीहरूको निम्ति लामो समयदेखि अवसर र सुविधाहरूसम्म पहुॅंच सुनिश्चित हुन सकेको थिएन। यस कारण यस्तो सभाहरूले सदस्यहरूबीच आदान प्रदानको अवसर प्रदान गर्दछ। उक्त मुख्य उद्देश्यहरू लिएर नै त्तरपूर्वी क्रिकेट विकास कमिटी गठन गरिएको थियो। यो मञ्चको लक्ष्य प्रत्येकलाई सामूहिक रूपमा प्रस्तुत गर्नु मात्र होइन, तर पूर्वोत्तर राज्यहरूबीच एकतालाई प्रोत्साहन गर्नु पनि रहेको छ।

सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) का अध्यक्ष लोब्जाङ जी. तेन्जिङले भनेका छन्, उत्तरपूर्वी क्रिकेट विकास कमिटीको अस्तित्वलाई बचाइराख्न मुख्यमन्त्री एन. रियोको भूमिका महत्वपूर्ण रहेको छ। हामीलाई आवश्यकता पर्दा उनले हामीलाई आश्रय प्रदान गरेका छन् भने हामी हराएको समय मार्गदर्शन प्रदान गरेका छन्। एसआईसीएले नागाल्याण्ड क्रिकेट एसोसिएशनप्रति बधाई व्यक्त गरेको छ।

कार्यक्रममा एसआईसीएका अध्यक्ष लोब्जाङ जी. तेन्जिङ र सचिव छेवाङ लामालाई मुख्यमन्त्री एन. रियोले सम्मानित गरेको बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande