दुर्गा उपासनाले आत्मबल बढ्छ- विनोद
दुर्गा उपासनाले आत्मबल बढ्छ- विनोद


बस्ती, 13 अक्टोबर (हि.स.)। शारदीय नवरात्रको पावन पर्व अष्टमीको दिन बस्ती प्रेस क्लबद्वारा फलाहार कार्यक्रमको आय़ोजन गरियो। यस कार्यक्रममा क्लबका सबै सदस्यहरूको साथ सामाजिक क्षेत्रसित जुड़ेका मानिसहरू पनि उपस्थित रहे। कार्यक्रमलाई सम्बोधित गर्दै प्रेस क्लब अध्य़क्ष विनोद कुमार उपाध्यायले भने, माँ जगदम्बाले पत्रकारहरूलाई आत्मबल प्रदान गरून्। वर्तमान परिस्थितिहरूमा पत्रकारिता गर्नु कुनै ठूलो चुनौतीभन्दा कम छैन। यस चुनौतीको सामना आत्मबलबाट नै गर्नसकिन्छ, जसलाई माँ भगवतीकै कृपाले सम्भव छ। सीडब्ल्यूसीका अध्यक्ष प्रेरक मिश्रा अनुसार, भारतीय सभ्यता र संस्कृतिमा पर्वको विशेष महत्व छ। हरेक पर्व कुनै न कुनै उद्देश्यसित जुड़ेको छ, जसले मानव सभ्यतालाई अझ् उत्कृष्ठ बनाउँदछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande