थमस कपः भारतीय पुरूष ब्याडमिन्टन टीम क्वार्टरफाइनलमा
थमस कपः भारतीय पुरूष ब्याडमिन्टन टीम क्वार्टरफाइनलमा


आरहूस, 13 अक्टोबर (हि.स.)। भारतीय पुरूष ब्याडमिन्टन टीमले थमस कपमा आइतबार आफ्नो ग्रुप सी टाईमा आरहूसको सेरेन एरिनामा ताहितीको टीमलाई 5-0 ले पराजित गरी टूर्नामेन्टको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। टाईको पहिलो म्याचमा 2019 विश्व ब्याडमिन्टन च्याम्पियनशिपको कांस्य पदक विजेता बी साई प्रणीतले लुई ब्यूबियोलाई 21-5, 21-6 ले पराजित गरी भारतलाई पहिलो जित दिलाए। यसपछि समीर वर्माले रेमी रसीलाई 21-12, 21-12 ले पराजित गरी भारतलाई दोस्रो जित दिलाए।

भारतका किरण जर्जले एलियास मौब्लाङ्कलाई केवल 15 मिनटमा 21-4, 21-2 ले पराजित गरी भारतको निम्ति तेस्रो जित दर्ता गरे। यसपछि कृष्णा गराग र विष्णु पंजालाको युगल जोड़ीले ग्लेन लेफोल र रेमी रेसीलाई 21-8, 21-7 ले पराजित गऱ्यो, जबकि टोक्यो ओलम्पियन चिराग शेट्टी र सात्विकसाईराज रेङ्कीरेड्डीले इलायस मौब्लाङ्क र हीवा यवोनेटलाई 21-5, 21-3 ले पराजित गरी क्लीन स्वीप गरे। भारत अब बिहीबार फाइनल ग्रुप म्याचमा चीनसित भिड्नेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande