जंगलमा बेपत्ता व्यावसायीको शव उद्धार
जंगलमा बेपत्ता व्यावसायीको शव उद्धार


रायगंज, 13 अक्टोबर (हि.स.)। रायगंजको वार्ड नम्बर 25 को देबीनगरको बेपत्ता व्यापारी छोटन मलिक (50) को शव उद्धार गरिएको छ। व्यापारी पंचमीदेखि बेपत्ता थियो। बुधबार बिहान उसको शव उसको घर नजिक जंगलबाट उद्धार गरियो। उसको दुवै खुट्टामा डोरी बाँधिएको थियो। स्थानीय मानिसहरू अनुसार, मृतक छोटन मलिक उर्फ मोनारले फर्नीचरको कारोबार गर्थ्यो। व्यापारी गत पंचमीबाट बेपत्ता थियो। बुधबार बिहान उसको घर नजिकको जंगलबाट उसको शव उद्धार गरियो। सूचना पाएर पुलिसले घटनास्थलको जायजा लियो औं शवलाई पोस्टमार्टमको निम्ति रायगंज मेडिकल कलेज अस्पताल पठायो। परिजनहरूको आरोप छ, छोटनको हत्या गरिएको छ। रायगंज थाना पुलिस सुपर सना अख्तर अनुसार, घटनाको जाँच शुरू गरिएको छ। स्थानीय मानिसहरूसित पनि केरकार जारी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande