वीर सावरकरले राष्ट्रिय एकताको सूत्र दिए: सरसंघचालक मोहन भागवत

 
mohan bhagwat_1 &nbs

- हामी एक हौं, यस कारण एक रहनुपर्छ: सरसंघचालक

- महापुरुषहरूलाई पनि बाड्ने षड़यन्त्र भयो: भागवत

- 'सरकारका साथै समाज पनि अगाड़ी आउनुपर्छ'

नयॉं दिल्ली, 13 अक्टोबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरसंघचालक मोहन भागवतले राष्ट्रिय सुरक्षा र समाज सुधारको क्षेत्रमा वीर सावरकरको विचार आज अझ प्रासंगिक बनेको बताएका छन्। यस कारण वीर सावरकरको सार्वङ्गीण स्वीकार्यको दिन आएको छ। डा. भागवतले देशको स्वतन्त्रतापछि वीर सावरकरलाई बदनाम गर्ने मुहिम नै चलेको पनि बताएका छन्।

सूचना आयुक्त उदय महुरकर र चिरायु पण्डितद्वारा हालैमा लेखिएको पुस्तक 'वीर सावरकर हू कुड हैव प्रिवेंटेड पार्टिशन' को परिप्रेक्ष्यमा एउटा निजी च्यानलमा बातचितको समय सरसंघचालक मोहन भागवतले भने, वीर सावरकरले राष्ट्रिय एकताको सूत्र दिए। उनी देशको एकता र अखण्डताका प्रतीक थिए। उनले देश विभाजनाको उल्लेख गर्दै भने, वीर सारकरले यो विभाजनलाई रोक्ने प्रयास गरेका थिए। विभाजनको विचार भारतीयताको उल्टा हो। भारतीयताले भन्छ कि हामी एक हौं र हामी एक भएर बस्नुपर्छ। भिन्न भिन्नै छन्, यस्तो होइन। विभाजनको समय पनि स्पष्ट भनिनु पर्ने थियो। वीर सावरकरले त्यस समय यही भन्ने गर्थे। तर, सावरकरजीलाई बदनाम गर्ने प्रयास गरियो।

अंग्रेजहरूको विभाजनकारी नीति अन्तर्गत शोध र पाठ्यक्रमहरूको माध्यमद्वारा यसो गरियो। धेरै महापुरुषहरूको योगदानको उल्लेख गरिएको छैन। डा. हेडगेवार पनि स्वतन्त्रता आन्दोलनमा निक्लिए, तर पाठ्यक्रममा देखिॅंदैन। यस कारण पाठ्यक्रमलाई पनि फेर्नुपर्ने आवश्यकता छ। डा. भागवतले भने, सावरकरजीको राष्ट्रवादमा सबैको समान अधिकारको चिन्तन छ। त्यसमा कुनै सौदा छैन कि देशले हामीलाई सबै कुरा दिन्छ भने हामीले पनि दिनुपर्छ, देशले दिॅंदैन भने पनि हामीले दिनु नै पर्छ, यस हदसम्म त्यागको तयारी छ सावरकरजीको राष्ट्रवादमा। आज खुशी लाग्छ कि सरकारको यस्तो नीतिहरूलाई समाजमा समर्थन प्राप्त भइरहेको छ।

उनले अझ भने, महापुरुषहरूलाई पनि बाड्ने षडयन्त्र गरियो। बाबा साहब डा. भीमराव अम्बेडकर र वीर सावरकरबीच पनि टकराउको निराधार कुरा गरियो। जुन सत्य थिएन। मतहरूमा भेद हुन सक्छ, तर एक अर्कालाई घृणा गर्दैन थिए। हाम्रो यहॉंबाट पनि स्वाधीनता संग्राममा भाग लिए। त्यस समय अंग्रेज राजमा जिल्लाका अधिकारीहरूले संघको शाखाको उल्लेख गर्दै लेख्यो कि उनीहरू एकदमै डरलाग्दो देखिन्छन्। सत्य यो हो कि यस्तो संघको राष्ट्रभुक्तिका कारण भनियो। वीर सावरकर पहिले नै संग्राममा सामेल थिए। डा. हेडगेवार यसै शाखाबाट निक्लिएर आन्दोलनमा गए। बाबा साहब भीमराव अम्बेडकरको गुरुजीसित सम्पर्क थियो। अम्बेडकरजी शाखामा पनि आए, गरुजीसॅंग भोजन गरे।

सरसंघचालकले भने, आज पनि विभाजन गर अनि राज गर अन्तर्गत इतिहासलाई गलत तरिकाले राख्ने षडयन्त्र जारी छ। यसलाई ठीक गर्न पाठ्य पुस्तकहरूलाई फेरबदल गर्नु आवश्यक छ। डा. भागवतले भने, सरकारसित सामाजिक दायित्य पनि हुन्छ। उदाहरणको निम्ति उनले संविधानको अनुच्छेद 370 को समाप्ति र रामजन्मभूमि निर्माणको बाटो प्रशस्त हुनुको उदाहरण दिए। उनले भने, 370 को समाप्ति सरकार र राममन्दिर बन्ने मार्ग प्रशस्त गर्नमा सर्वोच्च न्यायालयको भूमिका छ। साथै समाज समाजले पनि हेर्नु पर्छ कि विभाजनको षडयन्त्रको खुलासा भइरहोस।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande