सदर पुलिसद्वारा जनहितमा फेस्टिभल एडभाइजरी जारी
सदर पुलिसद्वारा जनहितमा फेस्टिभल एडभाइजरी जारी


गान्तोक, 13 अक्टोबर (हि.स.)। सदर पुलिस थानाले दशैंलाई ध्यानमा राख्दै जनहितमा 'फेस्टिभल एडभाइजरी' जारी गरेको छ। सदर थानाका पुलिस प्रभारीले एउटा भिडियो जारी गर्दै कोरोना महामारी अझै पनि नसकिएको, यसकारण पर्व मनाउॅंदा सार्वजनिक स्थलहरूमा कोविड प्रोटोकल पालन गर्न आह्वान गरेका छन्। यसैगरी, उनले नगद र गर गहनाहरूको सुरक्षाको निम्ति दशैंमा घर जॉंदा उक्त मूल्यवान वस्तुहरू आफुसॅंगै लिएर जान सुझाउ दिएका छन्। उनले यदि मूल्यवान वस्तुहरू लिएर जान सकिॅंदैन भने ब्याङ्क लकर अथवा सुरक्षित ठाउॅंमा राख्न पनि सुझाउ दिएका छन्।

यसैगरी, छर छिमेकहरूलाई घर देखभाल गरिदिन आग्रह गरेर जाने र सम्पर्क नम्बर पनि छाडेर जान सुझाउ दिएका छन्, ताकि आपतकालीन स्थितिमा सम्पर्क गर्न सकियास्। यस अतिरिक्त विश्वसनीय व्यक्तिहरूलाई घरमा बस्न लगाउन पनि सकिने छ। सुरक्षाको दृष्टिले घरमा सीसीटीभी क्यामेरा पनि जडान गर्न सकिने छ। कुनै पनि आपतको स्थितिमा सदर पुलिसलाई सम्पर्क गर्न उनले आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande