प्रतिबन्धित नशालु पदार्थसहित तीन पक्राउ
प्रतिबन्धित नशालु पदार्थसहित तीन पक्राउ


गान्तोक, 13 अक्टोबर (हि.स.)। पूर्व सिक्किमको रम्फू चेकपोस्टबाट पुलिसले तीनजनालाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। तीनैजना एउटा वाहनमा सवार थिए। आरोपितहरूलाई शंकाको आधारमा रम्फू चेकपोस्टमा समातिएको थियो। वाहनबाट 52 बोतल प्रतिबन्धित कफ सिरफ भेटियो। उक्त पदार्थ वाहनको ट्रंकमा लुकाएर राखिएको थियो। आरोपितहरूलाई पक्राउ गरी साडा अधिनियम, 2006 अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande