नकली भारतीय मुद्राको साथ तीन भारतीय पक्राउ
नकली भारतीय मुद्राको साथ तीन भारतीय पक्राउ


मालदा, 13 अक्टोबर (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ) को 122औं बटालियनका जवानहरूले हिजो राति मालदा जिल्लाको गाजोल क्षेत्रबाट तीन भारतीयलाई नकली भारतीय मुद्राको साथ पक्राउ गरेका छन्। पक्रा परेका भारतीय नागरिकहरूको पहिचान मोकतरूल शेख (40), राजीव शेख (27) र लखन घोष (45) को रूपमा गरिएको छ। पक्रा परेका आरोपितहरूदेखि 44,500 रूपियाँको नकली भारतीय मुद्रा, 1500 रूपियाँ र तीन मोबाइल फोन उद्धार गरिएको छ। पक्रा परेका तीनै आरोपितलाई मालदा थाना पुलिसलाई सुम्पिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande