भ्याक्सिन लगाईसकेका मानिसहरूको निम्ति अमेरिकाले आफ्नो सीमा खोल्ने
भ्याक्सिन लगाईसकेका मानिसहरूको निम्ति अमेरिकाले आफ्नो सीमा खोल्ने


वाशिङ्गटन, 13 अक्टोबर (हि.स.)। अमेरिकाले पूर्ण रूपमा भ्याक्सिनेटेड मानिसहरूको निम्ति आफ्नो सीमाहरूलाई 19 महिनापछि खोल्ने निर्णय लिएको छ। यी सीमाहरू नोभेम्बरदेखि खोलिनेछ। कोरोनाको कारण बाहिरी मानिसहरूलाई देशमा आउनु बन्द गरिएको थियो। जब यी सीमाहरूलाई बन्द गरिएको थियो, त्यस समय कनाडा र मेक्सिकोबीच वाहन, रेल र नौका यात्रालाई पनि व्यापार जस्तो आवश्यक सेवासम्म सीमित गरिएको थियो।

बुधबार घोषित गरिएको नयाँ नियमहरू अनुसार, अब भ्याक्सिनको दुवै डोज लिइसकेका विदेशी यात्रीहरूको निम्ति नोभेम्बरको शुरूआतदेखि अमेरिकामा आउने अनुमति दिइएको छ। साथै अब अमेरिकामा हवाई यात्राको निम्ति प्रतिबन्धहरूमा यस्तै किसिमको छूट दिइनेछ। जनवरी महिनादेखि ट्रक चालकहरूलाई पनि अमेरिकामा प्रवेशको निम्ति भ्याक्सिनेशन आवश्यक हुनेछ। यद्यपि, अमेरिकामा अहिलेसम्म चालकहरूलाई बिना भ्याक्सिनको पनि आउने अनुमति थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande