विश्वको टप 10 धनीहरूको सूचीमा मुकेश अम्बानी, गौतम अडाणी 13औं स्थानमा
विश्वको टप 10 धनीहरूको सूचीमा मुकेश अम्बानी, गौतम अडाणी 13औं स्थानमा


नयॉं दिल्ली, 14

अक्टोबर (हि.स.)। लगभग 10 महिनाको अन्तरालपछि भारत र एशिया महादेशका सबैभन्दा धनी

व्यक्ति मुकेश अम्बानी एकपल्ट फेरि सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा टप 10 मा

सामेल भएका छन्। यसका साथै एशियाको दास्रो सबैभन्दा धनी व्यक्ति गौतम अडाणी पनि

विश्वकै सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा 14औं स्थानदेखि बढेर 13औं स्थानमा

पुगेका छन्।

भारतीय शेयर बजारमा गत केही दिनदेखि

आएको तीव्रताका कारण रिलायन्स इण्डस्ट्रीका चेयरमेन मुकेश अम्बानी र अडाणी ग्रुपका

गौतम अडाणीको व्यक्तिगत सम्पतिमा पनि बढोतरी भएको छ। ब्लूमबर्ग बिलियनेयर्स

इन्डेक्सद्वारा जारी व्यक्तिगत सम्पतिको वैश्विक आंकडा अनुसार मुकेश अम्बानी 101

अरब डलरको सम्पत्तिका साथ विश्वका 10औं सबैभन्दा धनी व्यक्तिको रूपमा रहेका छन्।

हिजोसम्म सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा 10औं स्थानमा अमेरिकाको स्टक इन्भेस्टर

वारेन बफेट सबैभन्दा धनी व्यक्तिहरूको सूचीबाट झरेर 11औं स्थानमा पुगेका छन्।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सको

आंकडा अनुसार मुकेश अम्बानीको व्यक्तिगत सम्पत्तिमा एक दिनमै अर्थात 13 अक्टोबरको

दिन 1.3 अरब डलरको वृद्धि भएको छ। यसरी नै गत एक वर्षमा मुकेश अम्बानीको व्यक्तिगत

सम्पत्तिमा 24.7 अरब डलरको वृद्धि भएको छ। मुकेश अम्बानीले यस अघि विश्वको टप 10 धनी

व्यक्तिहरूको सूचीमा आफ्नो स्थान बनाइसकेका छन्। तर, गत

वर्ष दिसम्बरमा भारतीय शेयर बजारमा रिलायन्स इण्डस्ट्रीजको शेयरमा आएको गिरावटका

कारण मुकेश अम्बानी टप 10 को सूचीबाट बाहिर भएका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande