पेट्रोल-डीजलको दाम फेरि बढ्यो, पेट्रोल-डीजल 35-35 पैसा महॅंगो
पेट्रोल-डीजलको दाम फेरि बढ्यो, पेट्रोल-डीजल 35-35 पैसा महॅंगो


नयॉं दिल्ली, 14 अक्टोबर (हि.स.)। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाममा केही ह्रास आए तापनि घरेलू बजारमा पेट्रोल-डीजलको दाम फेरि बढेको छ। सार्वजनिक क्षेत्रको तेल विपणन कम्पनीहरूले दुई दिनको स्थिरतापछि दुईवटै इन्धनको दाम बढाएको छ। यो बढोतरीपछि पेट्रोल-डीजल 35 पैसा प्रति लिटर महॅंगो भएको छ।

विहिवार दिल्लीमा पेट्रोल 104.79 रूपियॉं प्रति लिटर र डीजल 93.52 प्रतिशत प्रति लिटर पुगेको छ। यसरी नै अन्य महानगरहरू मुम्बई, चेन्नई र कोलकातामा पेट्रोलको दाम बढेर क्रमश: 110.75 रूपियॉं, 102.10 रूपियॉं र 105.43 रूपियॉं प्रति लिटर पुगेाके छ। यसरी नै उक्त महानगरहरूमा डीजल क्रमश: 101.40 रूपियॉं, 97.93 रूपियॉं र 96.63 रूपियॉं प्रति लिटर भएको छ।

उल्लेखनीय छ, यो महिना गत 11 दिनमा पेट्रोल 3.15 लिटर महॅंगो भएको छ भने डीजल 3.65 रूपियॉं प्रति लिटरसम्म बढेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande