प्रधानमन्त्री मोदीले मनमोहन सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरे
प्रधानमन्त्री मोदीले मनमोहन सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरे


नयॉं दिल्ली, 14 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री मोदीले विहिवार ट्वीट गरेर भनेका छन्, म डा. मनमोहन सिंहको राम्रो स्वास्थ्य र शीघ्र स्वस्थको निम्ति प्रार्थना गर्दछु।

केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले आज बिहान एम्स पुगेर पूर्व प्रधानमन्त्री र कांग्रेस नेता डा. मनमोहन सिंहसित भेट गरे र उनको स्वास्थ्य स्थितिबारे जानकारी लिए।

डा. मनमोहन सिंहलाई हल्का ज्वरो र स्वास लिनमा समस्या भएपछि बुधवार सॉंझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को कार्डियो टावरमा भर्ती गरिएको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande