सिक्किमकी युवा क्रिकेट खेलाड़ी दीक्षा गुरूङ उच्च श्रेणीको क्रिकेट टूर्नामेन्टको निम्ति चयनित
 
dikcha gurung_1 &nbs
गान्तोक, 24 अक्टोबर (हि.स.)। सिक्किमकी एक युवा महिला क्रिकेट खेलाड़ी दीक्षा गुरूङ ‘अण्डर-19 वुमन्स वान डे च्यालेञ्जर्स ट्रफी 2021-22’ को निम्ति चयनित भएकी छन्। उक्त टूनामेन्ट 25 अक्टोबरदेखि 7 नोभेम्बरसम्म जयपुर, राजस्थानमा भइरहेको छ।हालैमा भुवनेश्वर, ओडिशामा सम्पन्न भएको अण्डर-19 वुमन्स वान डे ट्रफीमा दीक्षा गुरूङले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले 6 म्याचमा 11 विकेट लिएकी थिइन्। उनले सर्व भारतीय स्तरमा सर्वाधिक विकेट लिनेहरूमा 12औं स्थान प्राप्त गरेकी थिइन्। यसरी नै सर्वाधिक मेडेन ओभरमा पॉंचौं स्थान र डट बलमा छैटौं स्थान प्राप्त गरेकी थिइन्।
15 वर्षीय दीक्षा गुरूङ दक्षिण सिक्किमको मिडल छुबा निवासी हुन्। उनी पिता फिरोज गुरूङ र माता लक्ष्मी सुनवारकी सुपुत्री हुन्। उनी छुबा माध्यमिक विद्यालयमा अध्ययनरत छिन् र कक्षा 10औं की छात्रा हुन्। उनको चयन सिजन 2019-20 को निम्ति सिक्किम अण्डर-19 महिला क्रिकेट टीममा भएको थियो। कोविड महामारीको कारण सिजन 2020-21 हुन सकेन।
दीक्षाले खुशी व्यक्त गर्दै भनेकी छन्, ‘कड़ा परिश्रम अनि समर्पणपछि म अण्डर-19 वुमन्स वान डे च्यालेञ्जर्स ट्रफीमा चयनित बनेकोमा धेरै खुशी छु। म सिक्किम क्रिकेट एसोसिएशन परिवार, प्रधानाध्यापक समबडुप सर, मरो टीम सपोर्ट स्टाफ र मरो गाउॅंका सबै आफन्तहरूप्रति कृतज्ञ छु, जसले मलाई यहॉंसम्म पुग्न मद्दत गरेको छ। म अझ राम्रो खेल्न आफ्नो सर्वश्रेष्ठ दिने छु, म अनुशासनमा बसेर मरो सिक्किमलाई गौरवान्वित बनाउने छु।’
सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष लोब्जाङ जी. तेन्जिङले राज्यका सुदूर ठाउॅंहरूबाट प्रतिभाहरू अघि आएको देख्न पाउॅंदा धेरै सन्तुष्ट रहेको बताएका छन्। उनले विगत केही वर्षदेखि चलिरहेको एसोसिएशनको आउटरिच कार्यक्रमका कारण दीक्षा जस्ता प्रतिभाहरू अगाड़ी आइरहेको बताए। उनले भनेका छन्, ‘दीक्षा गुरूङले एसआईसीए वुमन्स क्रिकेट टूर्नामेन्ट 2020 मा उदीयमान खेलाड़ीको पुरस्कार प्राप्त गरेकी थिइन्। उनको कथा प्रेरणादायक छ र उनको सफलतामा सिक्किम उत्साहित बन्नुपर्छ। एसआईसीएले राज्यको सबै कुनाका प्रतिभाहरूलाई पहिचान अनि समर्थन गर्दछ।’

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande