प्रधानमन्त्री मोदीले उत्तर प्रदेशलाई दिए 9 मेडिकल कलेजको उपहार
 9 मेडिकल कलेजको उपहार


- स्वास्थ्य सुविधाहरूमा सुधारका साथ बढ़्नेछ 900 एमबीबीएसको सीट

सिद्धार्थनगर/नयॉं दिल्ली, 25 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका प्रत्येक जिल्लामा एउटा मेडिकल कलेज खोल्ने संकल्पलाई मूर्त रूप दिॅंदै सोमवार उत्तर प्रदेशलाई नौ नयॉं राज्य स्वायत्तशासी मेडिकल कलेजको उपहार दिए। उक्त मेडिकल कलेहरू 2,329 करोड़ रूपियॉंको लागतमा तयार गरिएको हो।

प्रदेशको भ्रमणमा भगवान गौतम बुद्धको धरती सिद्धार्थनगर पुगेका प्रधानमन्त्री मोदीलाई मुख्यमन्त्री योगी आदित्यनाथले बुद्धको प्रतिमा भेट गरेर स्वागत जनाए। यस अघि प्रधानमन्त्रीले कार्यक्रमस्थलमा नौ मेडिकल कलेजसित सम्बन्धित प्रदर्शनीको अवलोकन गरेका थिए।

कार्यक्रममा उत्तर प्रदेशकी राज्यपाल आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मण्डविया पनि उपस्थित थिए।

यी मेडिकल कलेजहरू सिद्धार्थनगर, एटा, हरदोई, प्रतापगढ़, फतेहपुर, देवरिया, गाजीपुर, मिर्जापुर र जौनपुर जिल्लामा स्थित छन्। केन्द्र प्रायोजित योजना अन्तर्गत आठ मेडिकल कलेज जिल्ला अथवा रेफरल अस्पतालहरूसित जोडिको नयॉं मेडिकल कलेजहरूको स्थापनालाई स्वीकृति दिइएको छ र जौनपुरमा एउटा मेडिकल कलेजलाई राज्य सरकारले आफ्नो संसाधनहरूको माध्यमद्वारा कार्यात्मक बनाइएको छ।

नयॉं मेडिकल कलेजहरूद्वारा स्थानीय स्तरमा असल चिकित्सा सुविधा प्राप्त हुनेछ। 2,970 चिकित्सकीय बेडको साथमा स्वास्थ्य सेवाहरू विस्तार गरिने छ। 5,800 चिकित्सक, नर्सिङ स्टाफ र प्यारामेडिकल स्टाफको निम्ति रोजगारको नयॉं अवसर खोलिने छ। यसमा 2021-22 बाट शैक्षणिक सत्र शुरू भएपछि 900 एमबीबीएस सीट बढ्नेछ, जसले युवाहरूलाई चिकित्सा शिक्षामा नयॉं अवसर प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande