सिक्किमलाई 'सर्वाधिक चलचित्र अनुकूल राज्य पुरस्कार' प्राप्त
सर्वाधिक चलचित्र अनुकूल राज्य पुरस्कार


गान्तोक, 25 अक्टोबर (हि.स.)। सिक्किम राज्य 'सर्वाधिक चलचित्र अनुकूल राज्य पुरस्कार' ले सम्मानित बनेको छ। राष्ट्रिय राजधानी दिल्लीको विज्ञान भवनमा आज आयोजित 67औं राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सिक्किमलाई उक्त पुरस्कार प्रदान गरियो। देशका उपराष्ट्रपति एम. वेंकैया नायडूले उक्त पुरस्कार अर्पण गरे भने सिक्किम राज्यको तर्फबाट सूचना एवं जन सम्पर्क (आईपीआर) विभागका मन्त्री लोकनाथ शर्माले पुरस्कार ग्रहण गरेका थिए।

समारोहमा सिक्किम राज्यपालाई प्रतिनिधित्व गर्दै मन्त्रीसॅंग सिक्किम फिल्म प्रोमोशन बोर्डकी चेयरपर्सन पूजा शर्मा र आईपीआर विभागका संयुक्त निदेशक बिशाल खवास पनि सहभागी बनेका थिए। सिक्किम राज्यलाई 'सर्वाधिक चलचित्र अनुकूल राज्य पुरस्कार' को निम्ति चयनित गरिएको घोषणा 22 मार्च, 2021 मा नयॉं दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा गरिएको थियो।

सिक्किमलाई देशमा नयॉं चलचित्र छायांकन गन्तव्यको रूपमा अघि आएकोमा पुरस्कृत गरिएको हो। सिक्किमेहरूको निम्ति यो मान्यता गर्वको क्षणको रूपमा आएको छ भने यसले राज्यलाई एउटा प्रमुख चलचित्र गन्तव्यको रूपमा आधार स्थापित गर्न सुविधा प्रदान गर्ने बताइएको छ। साथै यो मान्यताले स्थानीय फिल्म निर्माताहरू र कलाकारहरूलाई पनि अवसर प्रदान गर्ने आशा व्यक्त गरिएको छ। यो पुरस्कारले राज्यको आशाजनक चलचित्र क्षेत्रलाई राष्ट्रिय अनि वैश्विकस्तरको मान्यता प्रदान गरेको छ र यसले राज्यमा अझ धेरै छांकान उद्यमहरूलाई आकर्षित गर्ने बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande