सुपरस्टार रजनीकान्तले पुरस्कार प्राप्त गरेपछि बस चालक राजबहादुरको आभार व्यक्त गरे
सुपरस्टार रजनीकान्तले पुरस्कार प्राप्त गरेपछि बस चालक राजबहादुरको आभार व्यक्त गरे


नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। सुपरस्टार रजनीकान्तलाई सोमबार आयोजित समारोहमा 51औं दादा साहब फाल्के पुरस्कारले सम्मानित गरियो। यस अवसरमा उनकी पत्नी लता, छोरी एश्वर्या, ज्वाई धनुष पनि विज्ञान भवनमा उपस्थित थिए। दादा साहब फाल्के पुरस्कारले सम्मानित भएपछि रजनीकान्तले यसको निम्ति केन्द्र सरकारको आभार व्यक्त गरे। उनले आफ्नो सम्बोधनमा यस पुरस्कारको निम्ति आफ्ना गुरू के बालचन्दर, आफ्ना भाई सत्यनारायण राव र आफ्ना ट्रान्सपोर्ट चालक- साथी राजबहादुरलाई पनि याद गरे।

उनले आफ्नो साथी राजबहादुरलाई यो अवार्ड समर्पित गर्दै भने, ‘जब म बस कन्डक्टर थिए, तब उसले मभित्र लुकेको प्रतिभालाई चिनेको थियो। उसले मलाई एक्टिङको निम्ति प्रेरित गऱ्यो’। उनले तमिलनाडूका मानिसहरूको विशेष रूपमा आभार व्यक्त गर्दै आफू उनीहरू बिना केही पनि होइन भने। उल्लेख्य, रजनीकान्त फिल्महरूमा आउनअघि बस कन्डक्टरको नोकरी गर्थे। उनले तमिल फिल्म इन्ड्स्ट्रीमा बालचन्दरको फिल्म ‘अपूर्वा रागनगाल’ बाट एन्ट्री लिएका थिए। दक्षिण भारतीय फिल्महरूका सुपरस्टार रजनीकान्तलाई हिरो बनाउने श्रेय बालाचन्दरलाई नै जान्छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande