अमित शाहले आतङ्की हमलामा शहीद सीआरपीएफका 40 जवानलाई श्रद्धाञ्जली अर्पित गरे
अमित शाह


श्रीनगर, 26 अक्टोबर (हि.स.)। केन्द्रिय गृह मन्त्री अमित शाहले पुलवामा आतङ्की हमलामा शहीद भएका सीआरपीएफका चालीस जवानहरूलाई श्रद्धाञ्जली अर्पित गरेका छन्। मंगलवार पुलवामाको लेथपोरा क्षेत्रमा स्थित शहीद स्मारकमा पुगेर उनले शहीदहरूलाई पुष्प अर्पित गरी श्रद्धाञ्जली अर्पित गरे। उनले स्मारक छेउ विरूवा पनि लगाए।

यस अवधि उनले भने, देश रक्षाको निम्ति जवानहरूको समर्पण र सर्वोच्च बलिदानले आतङ्कवादलाई समाप्त गर्ने हाम्रो संकल्पलाई अझ दृढ़ बनाउॅंछ। आतङ्कवाद विरूद्ध उभिएका सुरक्षाबलहरूको सराहना गर्दै उनले भने, सुरक्षाबलहरूका कारण हामी आफ्नो घरमा आरामले सुत्न सकिरहेका छौ। देशका हरेक नागरिक जवानहरूप्रति ऋणी छन्।

उल्लेख्य, गृहमन्त्री अमित शाह जम्मू कश्मीरको तीन दिवसीय भ्रमणमा आएका थिए। श्रद्धाञ्जली अर्पित गरेपछि उनी श्रीनगर फर्किए, जहॉंबाट उनी आज दिल्ली फकिर्ने छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande