मुख्यमन्त्रीले राज्यवासीहरूलाई ल्हाबाब द्युछेनको शुभकामना दिए
ल्हाबाब द्युछेन


गान्तोक, 26 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले ल्हाबाब द्युछेनको शुभ अवसरमा राज्यवासीहरूमा न्यानो अभिवादन एवं शुभेच्छाहरू व्यक्त गरेका छन्। ल्हाबाब द्युछेन भगवान बुद्धको धरतीमा अवतरणलाई मनाउन पालन गरिन्छ। अनुयायीहरूको अनुरोधमा भगवान बुद्धका आफ्नो शिक्षा प्रदान गर्न र आफ्नी आमालाई यो संसारबाट मुक्त गरेर उनको दया फर्काउन उनी धरतीमा आएका थिए।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा राज्यवासीहरूलाई शाक्यमुनिले दिएको प्रेम, करुणा, ज्ञान र सद्भावको उपदेशलाई सम्झने र अनुसरण गर्ने आह्वान गरेका छन्। उनले भनेका छन्, भगवान बुद्धका आदर्श र शिक्षाहरूले हामीलाई प्रेरित गरिरहुन् अनि हाम्रा जीवन र कर्महरूलाई प्रज्वलित बनाइदिउन्। यो शुभ अवसरले शाक्यमुनिको आदर्शहरूलाई प्रचार गरिरहोस र सबैतिर शान्ति, खुशी अनि सौहार्दलाई बढ़ावा दिइरहोस।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande