बंगालमा गुटखा र पान मसालाको बिक्रीमा रोक एक सालको लागि बढ्यो
बंगालमा गुटखा र पान मसालाको बिक्रीमा रोक एक सालको लागि बढ्यो


कोलकाता, 26 अक्टोबर (हि.स.)। पश्चिम बंगाल सरकारले राज्यमा गुटखा र पान मसाला र तम्बाकू उत्पादहरूको खरीद-बिक्रीमा रोक अझ् एक सालको निम्ति बढ़ाएको छ। स्वास्थ्य विभागको खाद्य सुरक्षा आयुक्तले आदेशमा भनेको छ, ‘गुटखा र तम्बाकू मसालाहरूको उत्पादन, भण्डारण, बिक्री वा वितरणमा एक सालसम्म रोक रहनेछ’। वस्तुतः राज्यमा गत सालमात्र सरकारले पान मसाला, तम्बाकूको बिक्रीमा रोक लगाइएको थियो। सरकारले यस रोकलाई एक वर्षको निम्ति बढ़ाएको छ। यद्यपि, राज्य सरकारको यो प्रतिबन्ध केवल कागजी कारबाही बनेर रहेको छ।

बंगालको हरेक गली, मोहल्ला, बजार, दोकान आदिमा सजिलै तम्बाकू, गुटखा र पान मसालासित सम्बन्धित उत्पादहरूको बिक्री भईऱहेछ तर कहिलै कुनै कारबाही भएको छैन। स्वास्थ्य विशेषज्ञहरूको भनाई छ, यी उत्पादहरूको सेवन क्यान्सर र अन्य गम्भीर रोगहरूलाई निम्त्याउँछ। सर्वप्रथम 23 अप्रेल 2013 मा राज्य सरकारले यी उत्पादहरूको बिक्रीमा रोक लगाएको थियो तर यो केवल कागजी आदेश बनेर रहेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande