चाइल्डलाइन विषय पहिलो समन्वय बैठक आयोजित
चाइल्डलाइन विषय पहिलो समन्वय बैठक आयोजित


मंगन, 26 अक्टोबर (हि.स.)। चाइल्डलाइन विषय पहिलो समन्वय बैठक आज जिल्लापालको कार्यालयमा आयोजन गरियो। कार्यक्रमको अध्यक्षता जिल्लापाल तेन्जिङ टी. काल्योनले गरेका थिए। कार्यक्रममा अनुग्यालय दार्जीलिङ डायोसेज सामाजिक सेवा समाजका फादर सामुएल लेप्चा, उत्तर जिल्लाका एडीएम सोनाम लेप्चा, पुलिस अधीक्षक डा. छिरिङ ग्याछो भोटिया, सीएमओ, एडीसी आदि उपस्थित थिए।

बैठकमा बोर्डका सदस्यहरूले विभिन्न विषयहरूमाथि चर्चा गरे। जिल्लापालले एडीसी (विकास) लाई ग्रामीण क्षेत्रहरूमा चाइल्डलाइन विषय जागरूकता फैलाउन र यस विषयमा पञ्चायतहरूसित समन्वय गर्न निर्देश दिए। उनले बाल कल्याण कमिटीको समन्वयमा शिक्षा विभागलाई नियमित अनुपस्थित विद्यार्थीहरूको निम्ति विशेष परामर्श आयोजन गर्न अनुरोध गरिन्। उनले चाइल्डलाइन विषय सबै विभागहरूलाई समन्वय गर्न आह्वान गरे।

यसरी नै पुलिस अधीक्षकले बाल कल्याण कमिटीलाई बाल शोषण पीड़ितहरूसित मित्रतापूर्ण तरिकामा समन्वय गरेर उनीहरूलाई प्रोत्साहित गर्न आह्वान गरे। उनले मानसिक कमजोरी र आघातबाट निस्किन कमिटीको भूमिका महत्वपूर्ण रहेको बताए।

यसरी नै बाल सुरक्षा अधिकारी तेज कुमार थापाले चाइल्डलाइनको इतिहास, चाइल्डलाइन अपरेशन, चाइल्डलाइन इण्डिया फाउण्डेशन आदि विषय जानकारी दिएका थिए। उत्तर जिल्लाकी डीपीसीओ वेन्डी लेप्चाले जुभिनायल जस्टिस एक्ट, 2015, जिल्ला बाल सुरक्षा एकाई, देखरेख, सहायता र पुनर्वास सेवाहरूबारे जानकारी दिएकी थिइन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande