नानीहरूको भ्याक्सिनको दरमाथि चर्चा- मनसुख मण्डाविया
नानीहरूको भ्याक्सिनको दरमाथि चर्चा- मनसुख मण्डाविया


नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। देशमा नानीहरूको भ्याक्सिन जायकोव डी- को दरमा छिट्टै नै फसेला लिन सकिन्छ। मंगलबार केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले भनेका छन्, ‘नानीहरूको भ्याक्सिन जायकोव डी- को दरको सन्दर्भमा लगातार चर्चा जारी छ। जायकोव डी- उत्पादन तीव्र गतिमा चलिरहेछ, दर तय भएपछि यसलाई पनि टीकाकरण कार्यक्रममा सामेल गरिनेछ। जायकोव-डी देशमा स्वीकृत छैठौं भ्याक्सिन हो र दोस्रो स्वदेशी भ्याक्सिन हो। यसले आत्मनिर्भर भारत एवं मेक इन इण्डियाको विजनलाई पूरा गर्नेछ’।

जायकोव-डी- को सबैभन्दा खास कुरा के छ भने यो विश्वको पहिलो डीएनए प्लाजमिड भ्याक्सिन हुनेछ। देशमा लगाईरहेका कोरोनाका बाकी भ्याक्सिनदेखि अलग जायकोव-डी तीन डोजमा दिइनेछ। खास कुरा के छ भने जायकोव-डी बिना सियोको दिइनेछ। यो इन्जेक्टरको माध्यमले दिइनेछ, जसबाट पीड़ा शून्य बराबर हुनेछ। यो टीका 12 वर्षभन्दा देरै आयुका नानीहरूलाई दिइनेछ। यो 12-18 सालका आयु वर्गका साथै ठूलाहरूलाई पनि लाग्नसक्छ। देशमा अहिले केवल 18 वर्षभन्दा अधिक आयुका मानिसहरूकै टीकाकरण भईरहेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande