जापानकी राजकुमारीले शाही परिवारलाई अस्वीकार गरिन्, बोयफ्रेण्डको साथ बिहे गरिन्
जापानकी राजकुमारीले शाही परिवारलाई अस्वीकार गरिन्, बोयफ्रेण्डको साथ बिहे गरिन्


टोक्यो, 26 अक्टोबर (हि.स.)। जापानकी राजकुमारी माकोले शाही परिवार अस्वीकार गर्दै मंगलबार आफ्नो बोयफ्रेण्ड केई कोमुरोको साथ बिहे गरेकी छन्। यसको साथै उनले आफ्नो शाही ओहोदा गुमाएकी छन्। कोमुरो टोक्योको इन्टरनेशनल क्रिश्चियन यूनिवर्सिटीमा राजकुमारीको साथ पढ्थे। माको र कोमुरोको बिहेको दस्तावेज महलका अधिकारीले मंगलबार जमा गराए औं अब उनको बिहे आधिकारिक भएको छ। महलका चिकित्सकहरू अनुसार, माको यस महिनाको शुरूआतमा तनावसित जुझिरहेकी थिइन्, जसबाट अब उनी बाहिर आईरहेकी छन्।

आफ्नो बिहेबारे नकारात्मक खबरहरू, खासगरी कोमुरोलाई निशाना बनाइएको कारण माको निक्कै तनावमा थिइन्। बिहेपछि कुनै प्रकारको भोजको आयोजन गरिनेछैन। साथै बिहेको अन्य रीति-तिथिहरू पनि गरिनेछैन। जापानको शाही नियमहरू अनुसार, आम नागरिकसित बिहे गरेपछि माकोले अब आफ्नो शाही ओहोदो गुमाईसकेकी छन् र उनले आफ्नो पतिको उपनाम अपनाएकी छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande