सूडानमा सेनाद्वारा बलपूर्वक शासन परिवर्तन, कड़ा विरोध
सूडानमा सेनाद्वारा बलपूर्वक शासन परिवर्तन


बलपूर्वक शासन परिवर्तन अस्वीकार्य, सबै नेताहरूलाई तत्काल रिहा गरियोस्: व्हाइट हाउस

नयॉं दिल्ली, 26 अक्टोबर (हि.स.)। सूडानको सेनाले बलपूर्वक शासन परिवर्तन गरेर देशको कमान आफ्नो हातमा लिएको छ। यसपछि ठूलो संख्यामा प्रदर्शनकारीहरू राजधानी खार्तूमको सड़कमा उत्रिएका छन्। मिडिया रिपोर्ट्स अनुसार सैनिकहरूसित भएको भिड़न्तमा अहिलेसम्म सात प्रदर्शनकारीको मृत्यु भएको छ भने 140 जना घाइते भएका छन्।

सूडानको सेनाले एक दिनअघि सोमवार देशका प्रधानमन्त्री अब्दल्लाह हामदोकसहित अन्तरिम सरकारका धेरै मन्त्रीहरूलाई पक्राउ गरेको थियो। मंगलवार संयुक्त राष्ट्र सुरक्षा परिषदमा सूडानमा सेनाद्वारा बलपूर्वक शासन परिवर्तनमाथि चर्चा हुन सक्ने सम्भावना रहेको छ।

अर्कोतिर, व्हाइट हाउसका एक प्रवक्ता करीन जीनले सैन्य कार्यवाहीलाई हामी अस्वीकार गर्छौ भन्दै प्रधानमन्त्रीसहित नजरबन्द गरिएको अन्य सबै नेताहरूलाई तत्काल छोडिनुपर्छ भन्ने माग गरेका छन्। तीव्ररूपमा भएको घटनाक्रममा सरकारी टीभी र रेडियो मुख्यालयहरूलाई सेनाले आफ्नो कब्जामा लिएको थियो। देशमा इन्टरनेट सेवा पनि ठप गरियो। त्यसपछि, जनरल अब्देल फतह बुरहानले टीभी सन्देशमा देशको सत्तारूढ़ स्वायत्तशासी परिषद र प्रधानमन्त्री हामदोकको नेतृत्वमा रहेको सरकार भंग भएको घोषणा गरे।

बलपूर्वक शासन परिवर्तनप्रति असन्तुष्ट बन्दै ठूलो संख्यामा प्रदर्शनकारीहरू सड़का उत्रिएर यसको कड़ा विरोध गरे। यस अवधि ठाउॅं-ठाउॅंमा प्रदर्शनकारीहरू र सैन्य कर्मीहरूबीच संघर्ष हुॅंदा धेरै प्रदर्शनकारीहरू गोलीको शिकार भएका छन्।

उल्लेखनीय छ, लामो समयदेखि सूडानमा राज गरिरहेको उमर अल बशीरलाई दुई सालअघि सत्ताबाट हटाएपछि अन्तरिम सरकार अस्तित्वमा आएको थियो। त्यस समयदेखि सेना र सरकारबीच टकराउ चलिरहेको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande