ईएसआई विषय तीन दिवसीय अभिसंस्करण प्रशिक्षण कार्यक्रम शुरू
तीन दिवसीय अभिसंस्करण प्रशिक्षण कार्यक्रम शुरू


गान्तोक, 26 अक्टोबर (हि.स.)। राजधानीको सोकेथाङस्थित श्रम विभागमा आजदेखि चिकित्सा अधिकारी र हितधारकहरूलाई लिएर कर्मचारी राज्य बीमा (ईएसआई) विषयमाथि तीन दिवसीय अभिसंस्करण प्रशिक्षण कार्यक्रम शुरू भयो। प्रशिक्षण कार्यक्रमको आयोजना कर्मचारी राज्य बीमा निगम (ईएसआईसी), क्षेत्रीय कार्यालय कोलकाताले राज्य श्रम विभागको संयुक्त तत्वावधानमा गरिरहेको छ।

कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य विभिन्न निजी व्यापार क्षेत्रहरूका चिकित्सक र कर्मचारीहरूलाई कर्मचारी राज्य बीमा अधिनियम 1948 को लाभहरूबारे प्रशिक्षित गर्नु रहेको बताइएको छ। ईएसआईले कर्मचारीहरू बिरामी हुॅंदा, मातृत्व, अस्थायी अथवा स्थायी विकलांगता, व्यवसाय सम्बन्धी रोग अथवा रोजगारको चोटका कारण मृत्यु, पारिश्रमिक अथवा कमाउने क्षमताको हानि आदि विषयहरूलाई कभर गर्दछ। ईएसआई अधिनियमले पुरानो चोट/रोग का कारण कर्मचारी र उनका परिवारले झेल्नु पर्ने भौतिक अथवा वित्तीय हानिलाई बेअसर बनाउॅंछ।

ईएसआईसीका सीएमओ, वरिष्ठ प्रशासनिक ग्रेड, डा. एसएन शाहले ईएसआईसीको इतिहास र यसका गतिविधिहरूमाथि प्रकाश पारे। उनले ईएसआईसीको मोटो नियोक्ताहरू र कर्मचारीहरूको सेवा गर्नु रहेको बताए। उनले राज्यमा ईएसआईसीको उद्देश्य कर्मचारीहरूलाई प्रशिक्षित गर्नु रहेको बताए ताकि उनीहरूलाई राज्यमा उत्कृष्ट सेवा प्रदान गर्न सकुन्। उनले पावर पोइन्ट प्रस्तुतिको माध्यमद्वारा ईएसआईका लाभहरू, सुविधाहरू आदि विषय विस्तृत जानकारी दिएका थिए।

श्रम विभागकी सचिव नम्रता थापाले ईएसआईसी कर्मचारीहरूलाई धन्यवाद दिॅंदै कार्यक्रममा सहभागी बन्न पाएकोमा खुशी व्यक्त गरिन्। उनले राज्यमा ईएसआईसीको प्रगतिमाथि पनि चर्चा गरिन्। उनले सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूलाई यस कार्यक्रमबाट भरपूर फाइदा उठाउन अनुरोध गरिन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande