लगातार दोस्रो दिन पेट्रोल-डीजलको दाम रह्यो स्थिर
पेट्रोल-डीजलको दाम रह्यो स्थिर


नयॉं दिल्ली, 26 अक्टोबर (हि.स.)। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाममा बढ़ोतरी दर्ता गरिए तापनि घरेलू बजारमा पेट्रोल-डीजलको दाम स्थिर रहेको छ। सार्वजनिक क्षेत्रमा तेल विपणन कम्पनीहरूले लगातार दोस्रो दिन इन्धनहरूको दाममा कुनै बदलाउ गरेको छैन। राजधानी दिल्लीमा मंगलवार पेट्रोल 107.59 रूपियॉं प्रति लिटर र डीजल 96.32 रूपियॉं प्रति लिटरमा स्थिर रह्यो।

इण्डियन ओएलको वेबसाइट अनुसार देशका अन्य महानगरहरू मुम्बई, चन्नई र कोलकातामा पेट्रोल क्रमश: 113.46 रूपियॉं, 104.52 रूपियॉं र 108.11 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ। यसरी नै डीजल पनि क्रमश: 104.38 रूपियॉं, 100.59 रूपियॉं र 99.43 रूपियॉंमा स्थिर रहेको छ।

उल्लेखनीय छ, अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाम गत दुई महिनामा लगभग 20 प्रतिशत बढ़ेको छ। यस कारण संसारभरि पेट्रोल-डीजलको दाम प्रभावित भएको छ। घरेलू बजारमा गत 21 दिनमा पेट्रोल 6.40 रूपियॉं प्रति लिटर र गत 24 दिनमा डीजल 7.70 रूपियॉं प्रति लिटरसम्म महॅंगो भएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande