प्रधानमन्त्री मोदीले पार्टी र राष्ट्र निर्माणको निम्ति जीवन समर्पित गर्नको निम्ति भाजपा कार्यकर्ताहरूको सराहना गरे
प्रधानमन्त्री मोदीले पार्टी र राष्ट्र निर्माणको निम्ति जीवन समर्पित गर्नको निम्ति भाजपा कार्यकर्ताहरूको सराहना गरे


नयाँ दिल्ली, 26 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरूको सराहना गर्दै पार्टीलाई जनताको आशीर्वादले अनेक राज्यहरू र केन्द्रहरूमा सेवा गर्ने अवसर प्रात्त भएको जनाएका छन्। मानिसहरूको यो विश्वास पार्टी कार्यकर्ताहरूका धेरै पीढ़ीहरूको शानदार भूमिकाको कारण सम्भव भएको छ, जसले पार्टी र राष्ट्र निर्माणको निम्ति आफ्नो जीवन समर्पित गरे। प्रधानमन्त्री मोदीले नमो एपको ‘कमल पुष्प’ खण्डको विषयमा जानकारी गराउँदै यसले जनसंघका दिनहरूदेखि लिएर वर्तमानको प्रेरक पार्टी कार्यकर्ताहरूबारे जानकारी दिँदछ भने। उनले यस सम्बन्धमा जनसंघका सह-संस्थापक पण्डित देवेन्द्र शास्त्री र कर्नाटकबाट पार्टी सांसद रहेका मल्लिकार्जुनैयाको जानकारी साझा गरे। उनले मानिसहरूसित ऐपको ‘कमल पुष्प’ खण्डमा आफ्नो योगदान दिएर यसलाई अझ् समृद्ध बनाउने आह्वान गरेका छन्।

उनले क्रमवार ट्वीट गरी भने, ‘भाजपालाई जनताको आशीर्वादले अनेक राज्यहरू र केन्द्रहरूमा सेवा गर्ने अवसर प्रात्त भएको जनाएका छन्। मानिसहरूको यो विश्वास पार्टी कार्यकर्ताहरूका धेरै पीढ़ीहरूको शानदार भूमिकाको कारण सम्भव भएको छ, जसले पार्टी र राष्ट्र निर्माणको निम्ति आफ्नो जीवन समर्पित गरे। नमो एपमा ‘कमल पुष्प’ को नामले चिनिने एक धेरै नै चाखलाग्दो खण्ड छ, जसले तपाईलाई जनसंघका दिनहरूदेखि लिएर वर्तमानसम्म प्ररेक पार्टी कार्यकर्ताहरूबारे साझा गर्ने जान्ने अवसर प्रदान गर्दछ, जसले हाम्रो विचारधारालाई लोकप्रिय बनाउनको निम्ति कड़ा मेहनत गरे’।

उनले अन्य एक ट्वीटमा जनसंघका सह-संस्थापक पण्डित देवेन्द्र शास्त्रीको सम्बन्धमा कमल पुष्पमा उल्लेखित जानकारी साझा गर्दै उनीबारे अझ् जान्ने आह्वान गरे। उनले भने, ‘उत्तराखण्डका स्वतन्त्रता सेनानी पण्डित देवेन्द्र शास्त्री जीवनभरि राजनीतिको प्रतीक रहे। नमो एपको कमल पुष्प मोड्यूलमा यस नि:स्वार्थ आत्माबारे अझ् जान्नुहोस्’। उल्लेख्य, जनसंघका सह-संस्थापक देवेन्द्र शास्त्री 1953 को कश्मीर बचाओ आन्दोलनमा भाग लिएको कारण तीन महिना बिजनौर, उत्तर प्रदेश र दिल्लीमा कैदमा रहे। 1977 मा आपातकालपछि उनी देहरादूनबाट विधानसभाको सदस्यको रूपमा चयनित भए। साथै उनलाई प्रदेश भारतीय जनता पार्टीको उपाध्यक्ष र उत्तराञ्चल प्रदेश संघर्ष समितिको अध्यक्ष नियुक्त गरियो। पछि उनी उत्तर प्रदेश विधान परिषदको सदस्य पनि बने। उनी जीवनभऱि आफ्नो नि:स्वार्थ सेवा र राष्ट्रवादको निम्ति चिन्ने गर्थे’।

प्रधानमन्त्रीले एक अन्य ट्वीटमा भने, ‘कर्नाटकमा भाजपालाई लोकप्रिय बनाउनको निम्ति मल्लिकार्जुनैयाले आफ्नो सारा जीवन नि:स्वार्थ परिश्रममा लगाए। नमो एपको कमल पुष्प मोड्यूलमा यस प्रेरक भाजपा कार्यकर्ताबारे अधिक जान्नको निम्ति पढ्नुहोस्’। उल्लेख्य, 1951-1999 सम्म पार्टीमा सक्रिय रहेका मल्लिकार्जुनैया आपातकाल घोषित हुनअघि भारतीय जनसंघका अध्यक्ष पनि रहेका थिए। उनी तुमकुर लोकसभा क्षेत्रबाट 1991, 1998 र 2004 मा भाजपा सांसद रहे। उनी 10औं लोकसभाको उपाध्यक्ष पनि रहे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande