आरएसएस कार्यकारी मण्डलको विहिवारदेखि तीन दिवसीय बैठक
तीन दिवसीय बैठक


बांग्लादेशमा हिन्दुहरूमाथि भइरहेको अत्याचारबारे चर्चा गरिने

धारवाड़ (कर्नाटक), 26 अक्टोबर (हि.स.)। राष्ट्रय स्वयंसेवक संघ (आरएसएस) को अखिल भारतीय कार्यकारी मण्डलको बैठक विहिवार 28 अक्टोबरदेखि 30 अक्टोबरसम्म यहॉंको राष्ट्रोत्थान विद्या केन्द्रमा आयोजित गरिने छ। बैठकमा बांग्लादेशमा हिन्दुहरूमाथि अत्याचार र आजादीको 75औं वर्ष पूरा भएको विषयमा विशेष रूपमा चर्चा गरिने छ।

संघका अखिल भारतीय प्रचार प्रमुख सनील आंबेकरले बैठक स्थलमा मंगलवार आयोजित पत्रकार वार्तामा भने, बैठक 28 अक्टोबर विहिवार बिहान 9 बजी शुरू हुनेछ। यस अवधि कोरोना प्रोटोकलको पालन गरिने छ। उनले भने, विगत केही समयदेखि बांग्लादेशमा हिन्दुहरूमाथि निरन्तर हमला भइरहेको छ। उक्त घटनाहरूको विश्वभरि निन्दा भइरहेको छ। कार्यकारी मण्डलको बैठकमा हिन्दुीहरू विरूद्ध हिंसाको घटनालाई लिएर पनि चर्चा हुनेछ। सर्वसम्मत निर्णय भएमा प्रस्ताव पनि पारित गरिने सम्भावना छ।

उनले अझ भने, देश स्वाधीनताको 75औं वर्ष पुगेकोमा अमृत महात्सव मनाइरहेको छ। यस अवसरमा देशमा विभिन्न कार्यक्रमहरू हुनेछ। यसलाई लिएर पनि बैठकमा चर्चा हुनेछ। देशको 'स्व' को जागरण तथा अज्ञात र अल्पज्ञात स्वतन्त्रता सेनानीहरूको जानकारी सबै समक्ष आओस, यस विषयमा पनि बैठकमा चर्चा हुनेछ।

आंबेकरले भने, देशमा कोरोनाको तेस्रो लहरलाई लिएर आशंका व्यक्ति गरिॅंदैछ। तेस्रो लहरको सामना गर्न जुलाई महिनाको बैठक (प्रान्त प्रचारक बैठक) मा कार्यकर्ताहरूको विशेष प्रशिक्षणमा विचार भएको थियो। त्यसपछि, देशभरि 1.5 लाखभन्दा धेरै स्थानहरूमा प्रशिक्षण कार्यक्रम भइसकेको छ तथा 10 लाखभन्दा धेरै कार्यकर्ताहयलाई प्रशिक्षित गरिएको छ। आशा छ तेस्रो लहर आउने छैन, तर परिस्थितिको समीक्षाका साथ तयारीलाई लिएर चर्चा हुनेछ।

उनले 1925 मा संघको स्थापना भएको र 2025 मा संघको 100 वर्श पूरा भइरहेको बताए। संघको कार्य विस्तारको दृष्टिले विचार गरिॅंदैछ र तीन वर्षको योजनामाथि कार्य चलिरहेको छ। यो योजनामाथि पनि बैठकमा विस्तारसित चर्चा हुनेछ। कार्यकारी मण्डलमा श्री गुरु तेगबहादुरजीको 400औं प्रकाश वर्षमा हुने कार्यक्रमहरूलाई लिएर पनि चर्चा हुनेछ।

उल्लेखनीय छ, राष्ट्रिय स्वयंसेवक संघले वर्षमा दुईपल्ट शीर्षस्तरको बैठक आयोजन गर्दछ। मार्चमा अखिल भारतीय प्रतिनिधि सभाको बैठक हुन्छ। विजयादशमी र दिवालीबीच अखिल भारतीय कार्यकारी मण्डलको बैठक हुन्छ। प्रतिनिधि सभाको बैठकमा कार्य विस्तारको दृष्टिले योजना बनाइन्छ र अक्टोबरमा हुने बैठकमा कार्यको समीक्षा गरिन्छ।

प्रचार प्रमुखले भने, बैठकमा लगभग 350 सदस्य अपेक्षित छन्। सबै प्रान्त र क्षेत्रहरूका संघचालक, कार्यवाह एवं प्रचारक तथा अखिल भारतीय कार्यकारिणीसहित केही संगठनहरूका अखिल भारतीय संगठन मन्त्री बैठकमा अपेक्षित छन्।

उनले भने, गत वर्शदेखि लिएर जुलाईसम्म सबै बैठकहरू अनलाइन माध्यमका साथै कम्ति संख्यामा प्रत्यक्ष उपस्थितिमा सम्पन्न गरियो। अब पहिलोपल्ट पूर्ण उपस्थितिमा कार्यकारी मण्डलको बैठक भइरहेको छ। बैठकमा समीक्षाका साथै कार्य विस्तारलाई लिएर चर्चा हुनेछ। साथै कार्यकर्ताहरूको विकासलाई लिएर पनि चर्चा हुनेछ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande