राज्यमा 'साइन्स सेन्टर एण्ड डिजिटल प्लानेटोरियम' को स्थापनालाई लिएर चर्चा
साइन्स सेन्टर एण्ड डिजिटल प्लानेटोरियम


गान्तोक, 26 अक्टोबर (हि.स.)। राष्ट्रिय विज्ञान संग्रहालय परिषदका महानिदेशक एडी चौधरी र निदेशक एस. कुमारले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसित मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भेट गरे।

यस भेट अवधि सिक्किममा केटेगोरी-2 साइन्स सेन्टर एण्ड डिजिटल प्लानेटोरियमको स्थापनालाई लिएर चर्चा गरिएको जानकारी मुख्यमन्त्री कार्यालयले प्रेस विज्ञप्तिमा जानकारी दिएको छ। मुख्यमन्त्री तामाङले प्रस्तावको स्वागत जनाउॅंदै उक्त केन्द्र दक्षिण सिक्किमको नन्दुगाउॅंमा स्थापना गर्न बल दिए। उनले यो परियोजनाका साथै हर्बल मेडिकल र आध्यात्मिक उपचार परिसरले क्षेत्रमा पर्यटन क्षेत्रको विकासमा मद्दत पुग्ने विचार राखे।

केटेगोरी-2 साइन्स सेन्टर एण्ड डिजिटल प्लानेटोरियम भारत सरकारको संस्कृति मन्त्रालयको समर्थनमा स्थापना गरिने छ। यस अवसरमा राज्य विज्ञान एवं प्रौद्योगिकी विभागका सचिव तथा वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande