पुरूष विश्व मुक्केबाजीः रोहित मोर र आकाश सांगवानले जितको साथ शुरूआत गरे
पुरूष विश्व मुक्केबाजीः रोहित मोर र आकाश सांगवानले जितको साथ शुरूआत गरे


बेलग्रेड, 26 अक्टोबर (हि.स.)। भारतीय मुक्केबाज रोहित मोर र आकाश सांगवानले 2021 एआईबीए पुरूष विश्व मुक्केबाजी च्याम्पियनशिपको पहिलो दिन जितको साथ अभियानको शुरूआत गरेका छन्। प्रतिष्ठित इवेन्टमा पदार्पण गर्दै रोहितले सोमबार 57 किग्राको शुरूआती चरणको म्याचमा ओलम्पयिन जीन केसेडोलाई 5-0 ले पराजित गर्दै भारतलाई विजयी शुरूआत दिलाए।

20 वर्षीय रोहितले आफ्नो उचाईको राम्रो उपयोग गरे औं 2021 टोक्यो ओलम्पिकमा भाग लिने इक्वाडोरका मुक्केबाजलाई कुनै अवसर दिएनन्। यसपछि आकाशले 67 किग्रा बाउटमा तुर्कीका अदेम फुकरान विरूद्ध एकतर्फी म्याचमा 5-0 ले जित दर्ता गरे। 21 वर्षीय आकाशले मुक्केबाजको राम्रो आक्रमणको साथ रक्षात्मक कौशलको शानदार प्रदर्शन गरे। राउण्ड अफ 32 मा रोहितको सामना बोस्निया र हर्जेगोविनियाका एलेन रहीमिकसित हुनेछ जबकि आकाशको सामना बिहीबार जर्मन मुक्केबाज डेनियल क्रोटरसित हुनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande